प्रदेश सरकारको पहलमा घाइतेको हेलिकप्टरबाट उद्धार

हिमाल जोशी/धनगढी । प्रदेश ७ को सरकारले भिरबाट लडेर घाईते भई गम्भिर रहेका बाजुराका एक स्थानीयलाई हेलिकप्टरबाट उद्धार गरि उपचारका लागि कोहोलपुर पु¥याएको छ ।

शुक्रबार बिहान बाजुरा जिल्ला हिमाली गाउँ पालिका ४ घर भएका ३३ बर्षिय रनवीर भण्डारी घर नजिकैको भिर बाट लडेर घाइते भएका थिए । उपचारका लागि  नजिक स्वास्थ्य संस्था नभएको र यातायातको समेत सुविधा नभएको दुर्गम क्षेत्र भएकोले उनको अवस्था गम्भिर बन्दै गएको थियो । 

यो खबर प्रदेश सरकारमा पुगेपछि प्रदेश सरकारले उपचारको लागि पहल गरेको थियो । प्रदेश ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको  बिशेष पहलमा घाईते भण्डारीलाई उपचारका लागि कोहोलपुर पु¥याईएको छ । 

साविक रुगिन गाविसको बोर्ता बाट नै सुर्खेत सम्म हेलिकप्टर बाट ल्याएर अहिले घाईतेको थप उपचार कोहलपुर मेडिकल कलेजमा भैरहेको छ । यस अघि पनि प्रदेश सरकारले बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरि कोहोलपुरमा उपचार गराएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर