• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पोखरामा फुटबल खेलको जग सुधार्न ग्रास रुट लेभलको कार्यक्रम हुने

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले शनिबार पोखरामा भब्य कार्यक्रमका बीच ग्रास रुट लेभलको कार्यक्रम सुरु गर्ने भएको छ ।

फुटबल खेलको जगलाई विद्यालयस्तरबाट नै सुधार गर्न र भविष्यका लागि खेलाडी उत्पादन गर्न फुटबल संघहरुको विश्वको छाता संस्था फिफा र केन्द्रिय एन्फाको कार्यक्रम बमोजिम कास्की एन्फाले फुटबलको ग्रास रुट लेभलको कार्यक्रम सुरु गर्न लागेको हो ।

शनिबार बिहान १० बजे पोखरा रंगशालामा यो कार्यक्रमको भब्य शुभारम्भ हुने कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले बताए । ‘हामीले कास्कीका सबै सामुदायिक विद्यालय, निजी विद्यालय र क्लब संग सम्बन्धित रहेका बाल–बालिकालाई पोखरा रंगशालामा ल्याउन आह्वान गरेका छौ’ अध्यक्ष गुरुङले भने, ‘यो सुरुवात मात्रै हो यो कार्यक्रमले कास्कीका हरेक विद्यालयमा पढ्ने बालबालिकाको फुटबल प्रती आर्क्षित गर्न पनि उत्तिकै सहयोगी हुनेछ ।’

कार्यक्रम अनुसार पोखरा रंगशालामा सहभागी विद्यालयका बालबालिकाले फुटबल ड्रिल प्रस्तुत गर्नेछन भने मैदानलाई ६ भागमा बिभाजन गरेर त्यहाँ मिनी मैदान बनाइनेछ, जहाँ सबैले फुटबल खेलको पर्दशन समेत गर्ने भएको एन्फा कास्कीका महासचिब रमेश कार्कीले बताए ।

कार्यक्रममा कास्कीका सबै महानगर र गाँउपालिकाका जनप्रतिनधीहरु, विद्यालयका प्रधानध्यापक, शिक्षक र खेलप्रेमी लागएतको ब्यापक उपस्थिती रहने महासचिब कार्कीले बताए ।

शनिबारको कार्यक्रमका लागि कास्की एन्फाले यति बेला पोखरा रंगशालाको फुटबल मैदानको सरसफाइ लगाएतका कामहरु सम्पन्न गरिसकेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर