• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मोदीको जन्मदिनलाई ‘सेवा दिवस’को रुपमा मनाउने तयारी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ ।

उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ । 

उनको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् । 

प्रधानमन्त्री मोदीले भने आफ्नो ६८औँ जन्मोत्सव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वाराणासीमा आफ्ना मतदाता र सुभेच्छुक तथा इष्टमित्रहरूसँग मनाउने योजना बताएका छन् । 

श्रोतका अनुसार प्रधानमन्त्री मोदीले वाराणासीमा रहेका वेला जन्मोत्सवको दिन स्थानीय एक विद्यालयका बालबच्चाहरूसँग केक काट्नेछन् । त्यसपछि उनले करोडौँ रुपैयाँका विकास आयोजनाहरू पनि घोषणा गर्नेछन् । 

प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि सेवा प्रदान गर्ने दुई अस्पतालको शिलान्यास गर्नेलगायतका कार्यक्रमहरू रहेका छन् । ती प्रत्येक कार्यक्रमका लागि २० करोड भारतीय रुपैयाँ छट्याइँने भएको छ । 

श्रोतले जनाएअनुसार उनले झण्डै ६०० करोडको लगानीमा बन्ने क्यान्सर अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । वारणासी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले काशी विश्वनाथ मन्दिरको भ्रमण गर्नेछन् भने बनारस हिन्दु विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर