क्षेत्रीय क्वारेन्टिन मेलचौरमा १० जनाको परिक्षण

काठमाडौं । चौतारा सागाचोकगढी नगरपालिका भित्रिएका विभिन्न वडाका १० जनाको कोरोना भईरस संक्रमण भए नभएको परिक्षण गरि घर पठाईएको छ । 
मेलचौर क्वारेन्टिनमा बसेको चौध दिन पूरा भएकाहरुको परिक्षण गरिएको र परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछी घर पठाइएको नगरपालिकाले जनाएको छ । 

त्यस्तै जिल्ला समन्वय समिति भवनमा शुक्रवार ३० बेडको क्वारेन्टिन स्थापना गरिएको र हिजो शनिबार नै पर्वत जिल्लाबाट नगर भित्रिएका ६ नं वडा गौरतीका १५ जना पुरुष, सिराहा जिल्लाबाट आफ्नो माइती स्याउले आएकि बच्चा सहित १ जना महिला र उनिसंग सम्पर्कमा आएकी १ जना महिला गरि १७ जनालाई राखिएको छ। 

उक्त महिलालाई बिरामी भइ डिस्चार्ज भएको भनी नक्कली कागजात बनाइ सिराहाबाट सिन्धुपाल्चोक ल्याउने एम्बुलेन्स पनि बन्देउ प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर