• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

इरफान खानः ‘मलाई विश्वास छ म हारिसकेको छु’ 

काडमाडौं । रंगमञ्च, टेलिभिजन श्रृंखला हुँदै बलिउड र हलिउडसम्म अभिनय यात्रा तय गरेका अभिनेता इरफान खानको बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा निधन भएको छ । उनलाई  गत आइतबार ‘कोलोन इन्फेक्शन’को कारण आइसीयूमा भर्ना गरिएको थियो । उनको निधनको खबरले बलिउड फिल्म उद्योग शोकाकुल बनेको छ । 

फिल्म निर्माता सुजित सरकारले इरफानलाई अन्तिम श्रद्धाञ्जली दिँदै ट्वीटमा लेखेका छन्, ‘प्रिय मित्र इरफान, तपाई रोगसँग धेरै लड्नु भयो । मलाई तपाईप्रति सधैँ गर्व थियो । हामी फेरी भेट्ने छौं । सुताप र बाबिलप्रति समवेदना । सुतापले यो लडाईमा सक्दो सहयोग गर्नुभयो । तपाईको आत्मालाई शान्ति मिलोस् हार्दिक श्रद्धाञ्जली ।’

इरफान खानको जन्म राजस्थानको एक मुस्लिम परिवारमा सन् १९६७, ७ जनवरीमा भएको थियो । उनको बाल्यकाल टोङ्क जिल्ला नजिकैको खजुरिया गाउँमा बिताएका थिए । इरफान किशोरावस्थामा राम्रा क्रिकेट खेलाडी थिए र उनी २३ वर्ष मुनिको प्रतियोगिता ‘सिके न्यूडु टुर्नामेन्ट’का लागि छानोट भएको थिए । पछि गएर उनी पर्याप्त खर्च नहुँदा अगाडीका टुर्नामेन्टका लागि खेल्न सकेनन् । उनको आमाबुबा पस्तेनी घर नै टोकमा थियो । आज पनि उनको परिवारका केही सदस्य र आफ्न्त त्यही बस्दै आएका छन् । 

इरफान खानले सन् १९८४ मा नयाँ दिल्लीस्थित ‘नेशनल स्कूल अफ ड्रामा’मा छात्रवृत्तिमा स्नातकोत्तरको पढाई सक्काएका थिए । उनले यहीबाट रंगमञ्चमा अभिनय थालेका थिए । त्यसपछि उनी मुम्बई गए, जहाँ उनले सुरुवातमा ‘चाणक्य’, ‘भारत एक खोज’, सारा जहाँ हमारा’, ‘चन्द्रकान्ता’ लगायात दर्जनबढी टेलिश्रृंखलामा अभिनय गरे । 

इरफानले ‘काहकाशन’मा चर्चित क्रान्तिकारी उर्दू कवि तथा भारतका माक्सवादी राजनीतिक अभियन्ता ‘मखदुम मोहीउद्दिन’को भूमिका पनि निभाए । सन् १९८८ मा ‘सलाम बम्बे’बाट बलिउडमा डेब्यु गर्नअघि इरफानलाई नाटक तथा टेलिभिजन श्रृंखलाले व्यस्त बनाएको थियो । त्यसपछि, उनले ‘कमला की मौत’, ‘इक डक्टर कि मौत’ र ‘सच अ लङ जर्नी’ लगायत थुप्रै नाम नचेलेको फिल्ममा काम गरो । 

सन् १९९८ मा इरफान खान ‘जय हनुमान’मा रामायणका लेखक वाल्मिकीको भूमिकामा देखिए । थुप्रै असफल फिल्ममा काम गरेपछि लण्डन बस्दै आएका फिल्म निर्देशक अतिफ कपाडियाले ‘द वारियर’मा मुख्य भूमिकामा अनुबन्धित गरे, जसलाई ११ सातामा सम्पन्न गरिएको ऐतिहासिक फिल्म भनिन्छ । यो फिल्म हिमाञ्चल र राजस्थनामा छाँयांकन गरिएको थियो । सन् २००१ मा यो फिल्म अन्तराष्ट्रिय फिल्म महोत्वसवमा सहभागी बन्न सफल भयो, जसले इरफान खानलाई विश्वसामु परिचित गरायो । 

यद्यपि, इरफानले बलिउडमा प्रमुख भूमिकामा सन् २००५ मा ‘रोग’ नामक फिल्ममा देखिए । यस फिल्मबाट उनलाई लिएर फिल्म विश्लेषकले भने – इरफानले बोलेको शब्दले भन्दा उसको आँखा धेरै कुरा बोल्छ । त्यसपछि, उनी प्रमुख तथा सहायक खलनायकको भूमिकामा थुप्रै फिल्ममा देखिए । उनले २००४ मा ‘फिल्म फेयर बेस्ड भिलेन अवार्ड’ जिते । 

सन् २००७ मा आएको फिल्म ‘मेट्रो’ले उनको फिल्मी करिअरलाई थप उच्चाईमा पुर्यो । त्यसपछि उनले ‘अ माइटी हार्ट’, ‘द दार्जिलिङ लिमिटेड’जस्ता अन्तर्राष्ट्रिय फिल्ममा काम गरे । त्यसपछि उनले ‘स्लमडग मिलिनरी’(२००८), ‘एसिड फ्याक्ट्री’(२००९), ‘न्यूयोर्क, आई लभ यु’, ‘पान सिंह टोमेर’मा काम गरे । यसबीच उनले विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि काम गरे । 

सन् २०१० मा खान अंग्रेजी च्यानल एचबिओबाट प्रशारण भएको ‘ट्रिटमेन्ट’ सेरिजमा पनि देखिए । सन् २०१२ मा ‘द अमेजिङ स्पाइडरमेन’मा डाक्टर रजित राथाको भूमिकामा देखिए । त्यसपछि उनी ‘लाइफ अफ पि’मा देखिए, जुन फिल्म विश्वभर आर्थिक तथा आलोचनात्मक रुपले सफल बन्यो । 

सन् २०१३ मा बलिउड फिल्म ‘द लञ्च बक्स’मा इरफान देखिए, यो फिल्म हिन्दी फिल्म इतिहासको त्यससमय सम्मकै उच्च कमाउने फिल्म बनेको थियो र यस फिल्मले कान्स फिल्म फेस्टिभलमा ‘द ग्रान्ड रेल डि’अर’ जितेको थियो । त्यसपछि, सन् २०१४ मा इरफान खान फिल्म ‘गनडे’मा देखिए भने ‘द एक्सपोज’ र ‘हाइदर’मा पनि छोटा भूमिकामा देखिए । सन् २०१५ मा ‘पिकु’मा दीपिका पादुकोण र अमिताभ बच्चनसँग र ‘जज्बा’मा ऐश्वर्या रायसँग  काम गरे । 

सन् २०१६ मा आएको अमेरिकी एक्सन फिल्म ‘इफेर्नो’मा पनि देखिए । सन् २०१७ मा इरफान खान दुई वटा फिल्ममा देखिए ‘हिन्दी मेडियम’ र ‘करिब करिब सिंगल’, जसमा ‘हिन्दी मिडियम’ फिल्मले भारत र चीनमा निक्कै व्यापार गरेको थियो ।

‘द नेमसेक’, ‘लाइफ अफ पाई’, ‘जुरासिक वर्ल्ड’ तथा चर्चित हलिउड कलाकार टोम हंक्ससँग फिल्म ‘इन्फर्नो’लगायत हलिउड फिल्मका लागि इरफान खानलाई याद गरिनेछ । त्यसपछि, ‘कारवान’(२०१८), ‘ब्ल्याक मेल’(२०१८)मा काम गरे । त्यसपछि आएको फिल्म ‘अंग्रेजी मिडिय’, जुन यसै वर्षको मार्च १३ मा रिलिजमा आएको थियो यो उनको अन्तिम फिल्म बन्यो । 

चार दिनअघि(शनिबार) उनको आमाको जयपुरमा निधन भएको थियो । लकडाउनको कारण मुम्बईमा रहेका इरफान आमाको अन्तिम संस्कारमा जान सकेका थिइनन् । उनले भिडियो कल मार्फत सहभागि जनाएका थिए । त्यो समय पनि बिरामी थिए तर इरफानलाई के भएको छ भन्ने खबर सार्वजनिक गरिएको थिएन । 

सन् २०१८ मार्चमा इरफान खान ‘न्युरो इन्डोक्राइन’ ट्युमरको उपचार गराउँन लण्डन गएका थिए गत वर्ष इरफान खानले लण्डनबाट उपचार गरेर फर्किएपछि कोकिलाबेन अस्पतालका चिकित्सकको रेखदेखमा नै उपचार तथा नियमित चेक–अप गराउँदै आएका थिए । 

‘अंग्रेजी मिडियम’को सुटिङका बेला उनको स्वास्थ्य बारम्बार बिग्रिरहने गर्थ्यो । उनले यो फिल्ममा राजस्थानबाटै सुटिङ सुरु गरेका थिए । सुटिङ लगतै लण्डन फर्केका थिए । ट्युमरको उपचार गराइरहेका उनी समय समयमा लण्डन जाने गर्थे । पछिल्लो केही महिनादेखि कोरोना भाइरस संक्रमण रोक्न जारी गरेको लकडाउनको कारण उनी लण्डन जान पाइरहेका थिएनन् ।

इरफान खानको अन्तिम पटक फिल्म ‘अंग्रेजी मिडियम’मा देखिएका थिए । जुन फिल्म मार्च १३ मा रिलिज भएका थियो । तर लकडाउनको कारण फिल्म हलमा मात्र २ दिन चलेको थियो । फिल्मको ट्रेलर रिलिज हुनु अगाडी इरफानले फ्यानको लागि भावुक सन्देश छोडेका थिए । 

उनले लेखेका थिए –‘ हेलो भाइ बहिनी नमस्कार, आज म तापाईहरुसँग छु अथवा छैन । खैर, यो फिल्म ‘अंग्रेजी मिडियम’ मेरो लागि विशेष छ । मेरो इच्च्छा थियो हामीलाई जसरी स्टार बनाउँनु भयो उतिकै मेहेनत यो फिल्ममा गरुँ । तर मेरो शरीर भित्र कोही अनावश्यक पाहुना बसेको छ । उनीसँग कुरा भइरहेको छ । हेर्छु कति समयसँग मैले भनेको मान्नेछ ।  नत्र सबै तपाईहरुलाई थाहा हुनेछ । ’

अभिनेता इरफान खानले सन् २०१८ मा आफ्नो नोटमा लेखेका थिए – ‘मलाई विश्वास छ म हारिसकेको छु’, उनका एक प्रवक्ता लेख्छन् ‘र आज हामीबीच उहाँ रहनु भएन । सन् २०१८ मा असमान्य क्यान्सर भएको थाहा पाएपछि उहाँले आएका चुनौतीहरुको सामान गनुभयो र आफ्नो जीवनलाई सम्हाल्नुभयो । उनले आफ्नो पछि एक विरासत छोडेर जानुभयो ।’ 

इरफानले ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’,‘द लन्च बोक्स’,‘पिकू’ र ‘हिन्दी मडियम’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेका थिए । उनले ‘हासिल’ (नेगेटिभ भूमिका),‘(लाइफ इन अ मेट्रो्)’ (बेस्ट एक्टर), ‘पान सिंह तोमर’ (बेस्ट एक्टर) र ‘हिन्दी मिडियम’ बेस्ट एक्टर फिल्मफेयर अवार्ड मिलेको थियो । फिल्म ‘पान सिंह तोमर’ बाट उनले राष्ट्रिय पुस्कार पाएका थिए । योसँगै कला क्षेत्रमा अहम योगदान दिए वापत भार सरकारबाट चौथौँ सबै भन्दा ठुलो अवार्ड पद्यमश्री पुरस्कार पाएका थिए । विभिन्न एजेन्सीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर