विद्यालयलाई बागमती प्रदेश सरकारको अनुरोध : कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा निकाल्नू

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका विद्यालयहरुले स्थानीय तहसँगको समन्वयमा विद्यालय तहका कक्षा १ देखि ९ सम्मको रोकिएको वार्षिक परीक्षाको नजिता प्रकाशनको व्यवस्था मिलाउन अनुरोध गरेको छ । 

बागमती प्रदेशको समाजिक विकास मन्त्रालयले बिहीबार उक्त अनुरोध गरेको हो । मन्त्रालयले लकडाउनको उद्देश्य प्रतिकुल नहुनेगरी बन्दाबन्दी तथा सामाजिक दुरीलाई कायम राख्दै नतिजा प्रकाशन पश्चात उपयुक्त स्थानियक तहको समन्वयमा वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ । 

मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जारी गरेको पत्रमा भनिएको छ, ‘नतिजा प्रकाशन पश्चात् विद्यालयले विद्यार्थीलाई यथासम्भव कक्षागत पाठुयपुस्तकको व्यवस्था गर्ने ।’ 

पाठ्यपु्स्तक ढुवानी, अपनाउनपर्ने सुरक्षा सतर्कता लगायतका विषयमा जिल्ला प्रशासन कार्यालहरुमा सम्पर्क गर्दै अघि बढ्न अनुराध मन्त्रालयले गरेको छ । 

‘बन्दाबन्दीको अवधिकर वा नियमित कक्षा सुरुवात नहुँदासम्म बालबालिकालाई घरैमा बसेर सिक्ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमबाट प्रसार भइरहेको दुर शिक्षा कार्यक्रम लगायत अन्उ वैकल्पिक अनलाइन तथा अफलाइन सिकाइको अवसरहरुमा बालबालिकालाई सहभागी हुने व्यवस्था मिलाउने’ जारी पत्रको अन्तिम बुँदामा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर