• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

भारतमा मदिरा पसल खुलेसँगै लाग्यो एक किलोमिटर लामो ग्राहकको लाइन !

तस्विर श्रोत : एएनआई

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार मदिरा पसल खुलेसँगै पसलको अगाडी ग्राहकको लामो लाइन देखिएको छ । 

दिल्ली प्रदेश सरकारले यसअघि एक आदेश जारी गरेको थियो, जसमा बिहान ९ बजेदेखि साँझको ६ बजेसम्म मदिरा पसल खुल्ने अनुमति दिइएको थियो । 

त्यसपछि दिल्लीको देशबन्धु गुप्ता सडकमा मदिराको पसल खुल्दा मदिरा खरिद गर्ने ग्राहकको करिब एक किलोमिटरको लाइन लागेको बिबीसी हिन्दीले जनाएको छ । 

त्यसैगरी, दिल्लीको कश्मिरी गेटमा पसलको अगाडी सामाजिक दुरीको नियम उल्लंघन गरी बाक्लो लाइन बसेपछि लाठीचार्ज गरेको छ । 

राजधानी दिल्ली बाहिर छत्तिसगढमा पनि मदिराको पसल खुलेपछि ग्राहकहरको भारी भिड देखिएको छ । यस प्रदेशमा केही जोखिम क्षेत्रमा बाहेक अत्य क्षेत्रमा सरकारले रक्सीको पसल खोल्न अनुमति दिएको छ । 

त्यस्तै, कर्नाटक र आन्ध्र प्रदेशमा पनि मदिरा पसलको अगाडी मानिसको ठूलो भिड लागेको देखिएको छ । आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुले सामाजिक सञ्जालमा एक भिडियो ट्विट गर्दै लेखेका छन्, ‘पहिले बाटै जानकारी भएको थियो कि मदिरा मसल खुलेमा भिड लाग्नेछ, तर कोरोना बढिरहेका बीच प्रशासनले यसका लागि कुनै विशेष प्रबन्ध गरेको छैन ।’

 

Shocked to see today’s scenes at #LiquorShops in Andhra Pradesh. Common sense says that people will throng in large numbers, but there is no contingency plan from @ysjagan nor is there a care for social distance. This comes amidst the steep rise in #Covid19 cases in AP pic.twitter.com/gaPigym896

— N Chandrababu Naidu #StayHomeSaveLives (@ncbn) May 4, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर