• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोभिड–१९ महामारी : यी ६ खोप जसले विश्वलाई बचाउँने आशा गरिएको छ

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट बच्नको लागि विश्वभरका वैज्ञानिक खोपको खोजीमा कडा मिहेनतका साथ लागेका छन् । विज्ञहरू भन्छन,‘ वैज्ञानिकहरूले कोरोना भाइरस खोपको लागि अनुसन्धान गरिरहेको गति असाधारण छ ।’ 

खोपको विकासको लागि वर्षौँ लाग्न सक्छ, कहिले काँही त दशकौँ पनि लाग्नसक्छ भन्ने हामीले बिर्सनुहुदैन । उदाहरणका लागि भर्खरै स्वीकृत पाएको ‘इबोला भ्याक्सिन’को विकासको लागि १६ वर्ष लागेको थियो । खोपका विकासको प्रक्रिया धेरै चरणहरु पास गरेर मात्र हुनु सामान्य कुरा हो  । पहिलो चरणमा प्रयोशाला र दोस्रो चरणमा जनावारमा परीक्षण गरिन्छ । यदि प्रयोगको क्रममा खोप सुरक्षित छ र रोग प्रतिरोधात्मक क्षमता देखिन्छ भने, त्यसपछि मात्र मानवमा परीक्षण सुरु हुन्छ ।

खोपका ६ आशाः
मानवमा परीक्षणको प्रक्रिया पनि तीन चरणमा पुरा हुन्छ । पहिलो चरणमा भाग लिने व्यक्तिको संख्या एकदम थोरै अनि उनीहरुको स्वस्थ अवस्था । दोस्रो चरणमा, परीक्षणको लागि भाग लिनेहरूको संख्या धेरै हुन्छ । त्यहाँ एक कन्ट्रोल गु्रप हुन्छ जसले खोप कति सुरक्षित छ छैन हेर्ने गर्छ । 

कन्ट्रोल ग्रुपको अर्थ एउटा यस्तो समुहलाई जनाउँछ जुन परीक्षणमा भाग लिने बाँकी व्यक्तिहरूबाट अलग राखिन्छ । प्रयोगको तेस्रो चरणमा खोपमा कति खुराक छ अनि कतिको प्रभावकारी छ भन्ने खोजी गरिन्छ । 

यस समयमा राम्रो कुरा के छ भने केवल तीन महिना भित्र कोभिड–१९ को खोपमा कार्यरत अनुसन्धान ९० टोलीहरू मध्ये ६ टोली एक महत्वपूर्ण बाटोमा पुगेको छ । जसलाई एक ठूलो लक्ष्य मानिएको छ । त्यो भनेको मानवमा खोप परिक्षण हो । हामी अब ती ६ वटा खोपहरूको बारेमा बुझ्ने कोसिश गर्नेछौँ, जसको विकासको काम चलिरहेको छ । 

१. एमआरएनए–१२७३ खोप
मोर्डन थेराप्युटिक्स एक अमेरिकी बायोटेक्नोलोजी कम्पनी हो । जसको मुख्यालय म्यान्चेस्टरममा छ । यो कम्पनी कोभिड–१९ खोपको विकासको लागि नयाँ अनुसन्धान रणनीतिमा काम गरिरहेको छ ।

उनीहरूको उद्देश्य यस्तो खोप तयार गर्नु हो, जुन एक व्यक्तिको प्रतिरोधात्मक क्षमतालाई बढाउनेछ ।  साथै कोरोना भाइरसविरूद्ध लड्ने र रोगलाई रोक्नेछ । यसका लागि परम्परागत तरिका अपनाइनेछ । जसमा जीवित तर कमजोर र निष्क्रिय भाइरसको प्रयोग गरिन्छ । 

तर मोर्डन थेराप्युटिक्सबाट एमआरएनए–१२७३ खोपमा त्यो भाइरसको प्रयोग गरिएको छैन । जो कोभिड–१९ महामारीको जिम्मेवार छ । यसको परीक्षण अमेरिकाको नेशनल इस्टिट्यूट अफ हेल्थामा भइरहेको छ । यो खोप मेसेन्जर आरएनए वा मेसेन्जर राइबोन्यूक्लिक एसिडमा आधारित छ ।

वैज्ञानिकहरूले प्रयोगशालामा कोरोना भाइरसको आनुवंशिक कोड तयार गरेका छन् । यसको सानो अंश मानव शरीरमा इन्जेक्ट गर्न मात्र बाँकी छ । वैज्ञानिकहरूले यो आश राखेका छन् कि एक व्यक्तिको प्रतिरोधक क्षमताले संक्रमणविरूद्ध लड्न मद्दत गर्ने छ ।

२. आईएनओ–४८०० खोप
अमेरिकी बायोटेक्नोलोजी कम्पनी इनोभियो फार्मास्यूटिकल्सको मुख्यालय पेन्सिल्भेनियामा छ । यसले पनि इनोभियोको साथमा  नयाँ अनुसन्धान गर्दैछ ।

कम्पनीको ध्यान खोप निर्माण गर्नमा केन्द्रित छ, जसमा डीएनए प्लाज्मिड (सानो प्रकारको आनुवंशिक संरचनाको एक प्रकार) मार्फत् सीधा बिरामीको कोषहरूमा इजेक्सन मार्फत औषधि पुर्याइन्छ । यसले बिरामीको शरीरमा संक्रमणसँग लड्नको लागि एन्टिबडी निर्माण गर्ने विश्वास गरिएको छ । इनोवियो र मोडर्ना दुबैले नयाँ प्रविधिको सहारा लिएका छन् । जसले एक आनुवंशिक संरचनामा परिर्वतान गर्ने छ । 

खोप मार्गका चुनौतिहरुः
डा.फेलिप तापिया म्यागडेबर्ग जर्मनीकोे म्याक्स प्लान्क इन्स्टिच्युटको बायोप्रोपसेस इन्जिनियर समुहका विशेषज्ञ हुन् । उनी भन्छन् –कुनै पनि प्रविधिको प्रयोगबाट औषधि पत्ता लागेको छैन । न त मानवमा परिक्षण गर्नको लागि कुनै अनुमति मिलेको छ । तर पनि यी खोपहरुको विकासबाट धेरै आशा पलाएको छ ।’
उनी भन्छन् –‘तर तपाईहरु धेरै सावधान रहनुपर्छ । किन भने यो यस्तो खोप बन्छ  जसको इतिहासमा अरु कुनै उदाहरण मिल्दैन ।’

यतिसम्म कि मोडर्ना थेराप्युटिक्सका वैज्ञानीक आफै पनि भनिरहेका छन् । सबै भन्दा ठूलो चुनौती खोप उत्पादन गर्नु मात्र होइन बजारसम्म पुर्याउँनु पनि हो । तर आजसम्म उनीसँग म्यासेन्जर राइबोन्युक्लिक एसिडमा आधारित खोप विकास गर्नको लागि लाइसेन्स छैन । 

चीनमा परीक्षण भइरहेका तीन खोपः
चीनमा यतिबेला तीन वटा भ्याक्सिन मानवमा परीक्षण भइरहेको छ । यसको लागि परम्परागत तरिका प्रयोग गरिएको छ । 

३. एडी–एनसिओभी खोप
मार्च १६ मा, जब मोर्डन थेराप्युटिक्सले मानवमा यसको खोप परीक्षण गर्न थाल्यो चिनियाँ बायोटेक कम्पनी क्यान्सिनो बायोलजिक्सले पनि सोहि दिनमा परीक्षण सुरू गर्यो । बायोटेक्नोलोजी संस्थान र चिनियाँ एकेडेमी मिलिटरी मेडिकल साइन्स पनि यस परियोजनामा क्यासिनो जीवविज्ञानको साथमा काम गरिरहेको छ । 

एडी–एनसिओभी खोपमा एडेनो भाइरसको एक विशेष संस्करण भेक्टरको रूपमा प्रयोग गरिन्छ । एडेनो भाइरस भाइरसहरूको समूह हो, जसले हाम्रो आँखा, श्वासनलिका, फोक्सो, आन्द्रा र स्नायु प्रणालीमा संक्रमणको कारण बन्छ । 

यसमा सामान्य लक्षणहरू ज्वरो, चिसो, घाँटी दुखाइ, पखाला लाग्नु र गुलाबी आँखा हुनु हो र, भेक्टरको अर्थ भाइरस वा एजेन्ट हो जुन सेलमा डीएनमा पठाउन प्रयोग गरिन्छ । वैज्ञानिकहरूका  अनुमान अनुसार यस भेक्टरले प्रोटिन सक्रिय पार्छ, जुन संक्रमण लड्ने प्रतिरोधात्मक क्षमताका लागि सहयोगी हुन सक्छ ।

४. एलभी–एसएमईएनपी–डिसी खोप 
यो अर्को मानव खोप ‘एलभी–एसएमईएनपी’को पनि चीनको शेन्जेन जेन्यून चिकित्सा संस्थानमा परीक्षण भइरहेको छ । यसले रोग प्रतिरोधात्मक शक्ति सक्रिय गर्ने एचआईभी जस्तो रोगको लागि लेन्टिभाइरसबाट उत्पादित सेलहरू प्रयोग गर्दछ ।

५. वुहानमा बन्दैछ अर्को खोपः

चीनको वुहान जैविक उत्पादन संस्थानमा केही भाइरसहरुलाई निष्क्रिय बनाउँने खोपहरु निर्माण गरिँदै छ । यो खोपले संक्रमित व्यक्तिबाट अरु व्यक्तिमा भाइरस सार्ने क्षमतालाई रोक्ने विश्वास गरिएको छ ।

डा. फेलिप तापिया बताउँछन्, ‘यो खोप तयार पार्ने सबभन्दा साधारण टेक्निक हो । धेरै जसो खोपहरू यस प्रक्रियाद्वारा तयार गरिन्छन् ।’ उनी यसको स्वीकृति लिनमा कठिनाइ रहेको बताउँछन्। त्यसकारण यो खोप तयार हुन १२ देखि १६ महिना लाग्छ । ’

६. एलभी–एसएमईएनपी खोप
एलभी–एसएमईएनपी खोपको विकास ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयको जेन्नेर संस्थानमा भइरहेको छ । यसको पहिलो क्लिनिकल परीक्षण युरोपमा २३ अप्रिलबाट शुरू गरिएको छ ।

जेनर इन्स्टिच्युटका वैज्ञानिकहरू पनि उही टेक्नोलोजीमा काम गरिरहेका छन, जसमा चिनियाँ कम्पनी क्यासिनो बायोलजिक्सले अनुसन्धान गरिरहेको छ ।

तर अक्सफोर्डको टोलीले चिनपाञ्जी (आदिमानव) बाट लिएको एडेनोभायरसको कमजोर संस्करण प्रयोग गर्दैछ । मानवबीचमा विकसित नहोस् भन्नको लागि यसमा केही परर्वतन गरिएको छ ।  

डा. फेलिप तापिया भन्छन्,‘वास्तवमा ती व्यक्तिहरूले ल्याबमा भाइरसको तयारी गरिरहेका छन् जुन हानिकारक छैन । तर यसको सतहमा कोरोना भाइरस प्रोटीन रहेको छ । यो प्रोटीनले मानवमा प्रतिरोधात्मक क्षमता सक्रिय पार्ने छ । 

वैज्ञानिकहरूले यस प्रविधि पहिले पनि प्रयोग गरिरहेछन् । यसको सहायताले, मार्स कोरोना भाइरसको खोप विकसित भएको हो । भनिन्छ यस खोपको क्लिनिकल परीक्षणहरूले सकारात्मक परिणामहरू प्राप्त गरेको छ ।

बृहत् उत्पादनमा चुनौतीः
यद्यपि कोभिड–१९ को संक्रमणको उपचारको लागि युद्धस्तरमा खोपहरुको खेजी भइरहेको छ । तर, विज्ञहरू भन्छन्, ‘यी खोपहरू मध्ये कुनैले पनि काम गर्छ कि गर्दैन भन्ने कुनै ग्यारेन्टी छैन ।’

जसरी डाक्टर फेलिप टापिया भन्छन्, ‘यो अहिले थाहा छैन । उदाहरणको लागि,खोपहरुका अप्रत्याशित प्रतिक्रियाहरुमा के हुन सक्छ वा अलग अलग उमेर र जनसंख्यामा खोपको असर के हुन्छ । यो समयले नै बताउँनेछ ।’ 

एक प्रभावकारी खोप बनाउँनु र त्यसलाई स्वीकृत गर्नु पहिलो चरण हो । त्यपछि अर्बाैँ जनताको लागि उत्पादन गर्नु र आवश्य परेको मान्छेहरुसम्म पुर्याउँनु वास्तविक चुनौती हो । (बिबीसीबाट समाचार दैनिकका लागि अयुष्मा बस्नेतको अनुवाद) 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर