• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पृथ्वीको सबैभन्दा नजिक रहेको ‘ब्ल्याक होल’को खोज

एजेन्सी । खगोलशास्त्रीहरूले पृथ्वीको सबैभन्दा नजिक रहेको एउटा सम्भावित ‘ब्ल्याक होल’ पत्ता लगाएका छन् । 

उक्त ब्ल्याक होल झन्डै पृथ्वीबाट झन्डै ९,५०० खर्ब किलोमिटर पर टाढा ‘टेलिस्कोपीअम’ नामक नक्षत्रमण्डलमा अवस्थित रहेको खगोलशास्त्रीहरुले बताएका छन् ।

यो दूरी एकदमै धेरै जस्तो लागेपछि ब्रह्माण्डको विशालतामा त्यो एक घरबाट पल्लो घरजस्तै रहेको बताइएको छ । 

दुइटा तारासँग गरेको अन्तर्क्रियाको शैलीका आधारमा उक्त ब्ल्याक होल पत्ता लागेको हो । ती तारामध्ये एउटाले ब्ल्याक होलको परिक्रमा गर्छ भने अर्कोले भित्री भागको ।

प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तर्क्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ । तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्स(रे उत्सर्जित हुन्छ । उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन ।

तसर्थ यो अस्वाभाविक उपलब्धि हो। संयुक्त रूपमा एचआर ६८१९ भनिने ताराहरूको चालले उक्त ब्ल्याक होल पत्ता लगाउन सम्भव भएको हो ।

‘तपाईँ यसलाई ‘डार्क ब्ल्याक होल’ भन्न सक्नुहुन्छ। यो वास्तवमै कालो छ,’ जर्मनीस्थित युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ)सँग सम्बद्ध खगोलविद् डीट्रिश बाडेले बिबीसीसँग भने, ‘अझ चाखलाग्दो कुरा के हो भने यसलाई नाङ्गो आँखाले हेर्दा पनि देखिन सक्छ ।’

त्यसका लागि दूरबिन वा अन्य कुनै उपकरण आवश्यक नपर्ने तर दक्षिणी आकाश देखिनुपर्ने उनले बताए । यद्यपि उक्त तारामण्डल सूर्यभन्दा पछाडिबाट आउने भएकाले अहिले त्यो हेर्न त्यति सहज छैन ।

वैज्ञानिकहरूले यस ब्ल्याक होलको अध्ययन धेरै वर्षअघि थालेका थिए । तर विविध कारणले पूरा हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर