मन्त्री पुनले बुझाए कोरोना कोषमा १ करोड ११ लाख

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ऊर्जासंग सम्बन्धीत निजी क्षेत्रमार्फत संकलित १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् ।

मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई आईतबार ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।  त्यस क्रममा मन्त्री पुनले कोषमा जम्मा भएको रकम महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परेका पालिकाहरुमा पठाउने कार्य सुरु गर्न सुझाव दिए ।

सचिव बिडारीले हालसम्म कोषमा २ अर्ब २६ करोड रुपैयाँ जम्मा भइसकेको जानकारी दिए । उनले माग भई आएको अवस्थामा कोषबाट पालिकाहरुमा रकम पठाउन सकिने बताए ।
हालसम्म केही पालिकाले मौखिक रुपमा रकम माग गरेको भन्दै उनले तालुकदार संघीय मामिता तथा स्थानीय विकास मन्त्रालयमार्फत प्रक्रियागत रुपमा पालिकाहरुले कोषको रकम माग गर्न सक्ने स्पष्ट गरे ।

महामारीबाट कम प्रभावित र आन्तरिक श्रोत परिचालन गर्न सक्ने पालिकाहरुका लागि कम र अतिप्रभावित तथा आन्तरिक श्रोत कम भएका पालिकाहरुका लागि बढी प्राथमिकतामा राखेर रकम पठाइने उनको भनाइ थियो ।

संघीय सरकारले पालिकाहरुले क्वारेन्टिन निर्माण, क्वारिन्टिनमा राखिएकाहरुको खानपिन तथा उपचारका लागि आफूसँग मौज्दात रकमबाटैै खर्च गरे पनि पछि भुक्तानी दिइने व्यवस्था मिलाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर