• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आदिवासी समुदाय कोरोना भाइरसको भविष्यवाणी गरिरहेका छन् 

– धेरै आदिवासीहरु जंगललाई धनी बन्ने साधन मान्दैनन् । रोमेरोलाई लाग्छ, भूमण्डलीकरण र उपभोक्तावाद संसारकै ठूलो दुष्टताको जड् हो । 

– आदिवासीहरु दुईवटा खतराको सामना गरिरहेका छन् । भूमिको लागि शारीरिक संघर्ष र बाँच्नको लागि सांस्कृतिक अधिकार ।


एजेन्सी । लेबी सुके रोमेरोलाई चीनमा नोवेल कोरोना भाइरस फैलिएको थाहा पाउँदा लाग्थ्यो त्यो धेरै टाढा छ । रोमेरो कोस्टारिका ब्रिब्रिसँग सम्बन्धित सबै भन्दा ठूलो आदिवासी समुदायका एक हुन् । उनीहरु दक्षिण कोस्टारिकाको दुर्गम पहाडी क्षेत्र तालामन्कामा बस्छन् । उक्त क्षेत्र नदी घना जंगल र वर्षाको लागि प्रसिद्ध छ । 

तालामन्का देशका लोकप्रिय पर्यटक केन्द्रबाट धेरै टाढा छ । तर रोमेरोले सोंचेको थिए भााइरस उनीहरुसम्म पुग्न धेरै समय लाग्दैन । रोमेरोले अर्को एक कुरा पनि महसुुस गरे, भाइरस मानिसहरुको लोभ र पृथ्वीलाई गरेको खराब व्यवहारको कारण फैलिएको हो । 

उनी भन्छन्– ‘हामी बन्यजन्तुको बासस्थान नष्ट गर्दैछौं । रुखहरु काट्छौं र एकै संस्कृतिलाई विश्वभर थोर्पादैछौं । हामी पृथ्वीलाई शहरहरुले भरिदिंदैछौं । अत्याधिक केमिकल प्रयोग गर्दैछौं । यो खराब चीजहरुको ककटेल हो ।’
.....

जनावरबाट आएको भाइरस
सार्स र मर्स जस्तै कोभिड–१९ भाइरस पनि जनावरबाट आएको हो । यसको उत्पति प्रमाणको साथमा चमेरो तर्फ इसारा गर्छ । 

चीनको वुहानको वेट बजारबाट मानवमा संक्रमण हुनु अगाडी यो भाइरस सम्भवतः पैन्गोलियन पुगेको थियो । यधपि कोभिड–१९ भाइरसको वास्तविक उत्पत्ति अहिलेसम्म पत्ता लागेको छैन । धेरै खोज र अनुसन्धान अनुसार जंगल फडानी र वन्यजन्तुको व्यापारले जनावर संक्रमित रोगहरुको महामारीको जोखिम बढाएको हो । 

रोमेरोको अनुसार यी दुबै गतिविधीहरुले प्रकृतिलाई नष्ट गरिरहेको छ । ‘हाम्रो संस्कृति ज्ञानले भन्छ, जब ईश्वरले पृथ्वीको सृष्टि गर्नुभयो त्यो समय केही दुष्ट आत्मालाई कैद गर्नु भयो । अब हामीले प्रकृतिको कदर गर्न छाड्यौं अनि ती आत्माहरु बाहिर आए ।’

रोमेरो मेसी ‘अमेरिकन अलायन्स अफ् पिपुल एण्ड फरेस्ट’ संस्थासँग सम्बन्धित छन् । यो संस्थाले मध्य अमेरिका र मेक्सिकोको आदिवासी समुदायको अधिकारको लागि काम गर्छ । यो संस्थाले घना जंगलमा बस्ने ५० हजार मानिसहरुको प्रतिनिधित्व गर्छ । 

उनीहलाई थाहा छ, पृथ्वीमा स्थायी र मर्यादित तरिकाले बाँच्ने धेरै तरिकाहरु छन् । जुन ब्रिब्रि र आदिवासी समुदायहरुले अपनाएका छन् । 

रोमेरो र आदिवासी समुदायका अन्य नेताहरुले वन्यजन्तुको वासस्थान संरक्षण, रुख रोप्ने दीर्घकालीन तरिकाले पशुपालन गर्ने र प्रकृतिको सम्मान गर्ने कुरा गर्दै आएको छ । अब उनीहरु फेरि आफ्नो कुरा दोहोर्याउँने छन् ।

मार्चमा न्युयोर्क बन्दभएको केही दिनअघि रोमेरो, ब्राजिल र इन्डोनेसियाका आदिवासी नेताहरुले पृथ्वीलाई बचाउन पारम्परिक ज्ञान, परम्परा र भूमिको सुरक्षाले ठूलो भूमिका खेल्ने कुरामा जोड् दिंदै आएका थिए । 

यो उपायले केवल पर्यावरण परिवर्तन र जैविक विविधतामा नोक्सान हुनबाट मात्र रोक्दैन भविष्यमा आउँने अन्य महामारीको खतराबाट पनि बचाउँछ । 
रोमेरो भन्छन्– ‘हामी विश्वस्त छौं, यो महामारी प्राकृतिक स्रोत साधनको गलत प्रयोगको परिणाम हो । मलाई लाग्दैन यो यस्तो प्रकारको अन्तिम महामारी हुनेछ ।’
.........

जंगल फँडानी र भाइरस
धेरै अनुसनधानहरुले कोरोना भाइरस र वातावरणीय विनाशबीचको सम्बन्धलाई समर्थन गरेका छन् । धेरै भाइरस स्वाभाविक रुपमा जनावरमा पाइन्छ । बन फँडानीको कारण उनीहरु मानव सम्पर्कमा आउने जोखिम धेरै हुन्छ । 

सन् २०१७ मा कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार जनावरबाट फैलने रोगहरुको जोखिम उष्णकटिबन्धीय बनमा धेरै छ । जहाँ रुखहरुको फँडानी, ड्याम निमार्ण र सडकका कामहरु भइरहेका छन् । 

यस्ता गतिविधिले रोग फैलने जोखिम बढाउँछ । यसले पारिस्थितिक प्रणालीमा हेरफेर गर्छ । अनि वन्यजन्तु र मानवको सम्पर्क बढाउँछ । 

स्ट्यान्डफोर्ड युनिभर्सिटीका जीव वैज्ञानिक इरिन मोर्दकाइले यसलाई स्टोकेस्टिक प्रक्रिया भनेका छन् । ‘यो विशिष्ट व्यक्ति र रोगजनक भाइरसको खास सम्पर्कमा सञ्चालित हुन्छ । 

बन फँडानीसँगै अस्वस्थ रोगहरु फैलने जोखिम हुन्छ ।’ मोर्डेकाई र उनका साथी एन्ड्रयु म्याडोनाल्ड अक्टोबरमा यो निष्कर्षमा पुगे कि, ब्राजिलमा रुख कटानीबाट नै औलोको संक्रमण फैलिएको हो । 

प्रति वर्गकिलो मिटर जंगल फँडानीबाट औसत ६.५ मलेरियाको नयाँ घटनाहरु आएका छन् । जंगल फँडानी गर्नाले बस्तीसँग सम्पर्क बढ्छ । यसरी औलो फैलाउने लामखुट्टे फस्टाउँछन् । देशका अन्य भागहरुबाट बस्तीहरुमा आउँने मानिसहरुलाई मलेरियाको प्रतिरोधक क्षमता हुँदैन । त्यसैले उनीहरु छिट्टै बिरामी हुन थाल्छन् ।

यद्यपि प्रत्येक रोगहरु फरक हुन्छन् । तर मोर्डेकाई भन्छन् जंगल फँडानीले नै प्रायः पारिस्थितिक सन्तुलन बिगार्दछ । मानवबाट टाढा रहेका प्रजाति पनि सम्पर्कमा आउँछन् । यसरी रोगजनक भाइरसहरु फैलने मौका पाउँछ । 

वैध अथवा अवैध रुपमा सबै प्रकारका वन्यजन्तु एक अर्काको सम्पर्कमा आउँछन् । जसले भाइरस फैलाउँछ । यस्ता व्यापारहरु धेरैजसो शहर केन्द्रित हुन्छ । जहाँ धेरै मानिसहरु जनावरको सम्पर्कमा आउँछन् । यसले सजिलै नयाँ रोगहरु फैलाउँछ ।

वनयजन्तुको व्यापार पनि रुख कटौतीसँग सम्बन्धित छ । जंगलको भित्र¬–भित्र सडकहरु निमार्ण गर्नाले घना जंगलमा सिकार हुन्छ, अनि वन्यजनतुको व्यापार बढ्छ । चिकित्सक विज्ञ र वातावरण विज्ञहरुले यस विषयमा चेतावनी दिने गरेका छन् । तर सुनुवाई हुँदैन । 

उदाहरणको लागि सन् २००३ मा सार्स फैलिएपछि चीनले वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएको थियो । तर एक वर्षभित्र पुनः सुरु भयो ।
.......

आदिवासीहरुको भूमिका
भूमि संरक्षणको रुपमा धेरै आदिवासी समूहहरुले यस्तो जोखिमलाई कम गर्न मद्दत गर्छन । मोर्डेकाई भन्छन्– ‘आदिवासी क्षेत्रको संरक्षणले ल्याण्डस्केपमा हुने परिवर्तनलाई रोक्न सक्छ ।’ आदिवासी समुदायको एक ठूलो संख्या उष्णकटिबन्धिय जंगलमा बस्छन् । ती क्षेत्रहरु नयाँ रोगको लागि बढी जोखिमा रहेको ठाउँ हो । पृथ्वीको ९० प्रतिशत जंगल फँडानी यही भइरहेको छ । 

त्यहाँ स्वदेशी आदिवासीका जनजातिका धेरै प्रकार छन् । कोही शरहमा बस्छन् भने कोही जंगलमै बासिरहेका छन । कोही मानिसहरु फाइदाको लागि प्रकृतिको शोषण गरिरहेका छन् भने कोही त्यसैमा निर्भर छन् । 

ससेक्स युनिभर्सिटीका अनुसन्धान सहयोगी मेरिन्टन भन्छिन्– ‘सामान्यतया आदिवासी समूहहरु आफ्नो जंगल र वातावरण बचाउँनको लागि प्रभावकारी भूमिका खेल्छन् । 

ब्राजिलको केही भागको उपग्रहबाट लिएको केही तस्बिरमा पनि आदिवासीले जंगल संरक्षण गरेका देखिएको छ । मेन्टेन भन्छन्– ‘आदिवासी क्षेत्रको सीमा रेखा सजिलै देखिन्छ । उनीहरु प्रभावकारी तरिकाबाट जंगल फडानीको काम रोकिरहेका छन् । 

सन् २०१२ मा गरिएको अध्ययनमा ४० संरक्षित क्षेत्र र ३३ सामुदायिक प्रतिबन्धित क्षेत्रहरुको तुलना गरिएको छ । जहाँ प्रतिबन्धित क्षेत्रमा कम रुखहरु काटिएका छन् । 

यस्को वास्तविक कारण आदिवासीहरुको जनसंख्या एक विशाल क्षेत्रमा फैलिएको छ  । उनीहरु वातावरण बचाउँने अभियानमा लागेका छन् । मेन्टन भन्छन्– ‘उनीहरु जंगल संरक्षणसँगै कुराकानी पनि गर्छन । धेरै पुर्खाहरु जंगलमा बस्दै आएका छन् । त्यसैले उनीहरु पुरै भूभागलाई आफ्नो समुदाय मान्छन् । केही मानिस जंगललाई नै आफ्नो पुर्खा मान्छन् ।’
......

वातावरण संरक्षण
प्रकृतिको संरक्षण गर्नु केवल पारिस्थितिक र जैविक विविधता मात्र होइन । यो जीवन इतिहास र संस्कृतिको संरक्षण पनि हो । आदिवासी समुदयाले यही काम धेरै तरिकाले गर्दै आएका छन् । ब्रिब्रि व्यक्तिहरु आफ्नो जग्गा परिवार र समुदायमा विभाजन गर्छन । उनीहरुसँग आ–आफ्नै नियमहरु छन् । जुन स्थिरतालाई बढवा दिन बनाइएको हो । उदाहरणको लागि समुदायको सदस्यहरुले चाहेजति पात तोड्न सक्छ । धेरै आदिवासीहरु जंगललाई धनी बन्ने साधन मान्दैनन् । रोमेरोलाई लाग्छ, भूमण्डलीकरण र उपभोक्तावाद संसारकै ठूलो दुष्टताको जड् हो । 

उनी भन्छन्– ‘संसाधनहरु नष्ट गरी विकासको मोडलमा पुर्नविचार गर्न आवश्यक छ । नाफामा चल्ने कम्पनीहरु र सरकार धेरै जसो आदिवासीलाई आर्थिक बृद्धिको मार्गमा अवरोधको रुपमा लिन्छन् । विश्वभरका भूमिका उनीहरुको अधिकारलाई सिमित गरिंदैछ । तिनीहरुमा कृषि, खानी र अन्य उद्योगहरु सञ्चालन छन् । 
......

आदिवासीको सुरक्षा
उनले सन् २००२ देखि २०१० को बीचमा ५० देशको १५ सय भन्दा धेरै वातावरणीय संरक्षक मारिए । यो सूचिमा अन्य समुदाय भन्दा आदिवासी समुदाय धेरै थिए । 

सन् २०१५ र २०१६ मा मारिएका वातावरणीय संरक्षकमा ४० प्रतिशत आदिवासी थिए । ब्राजिलको गैर–सरकारी संस्था पास्टरल ल्याण्ड कमिशनको रिपोर्ट अनुसार सन् २०१९ मा ब्राजिलको ग्रामीण क्षेत्रमा जग्गा विवादको सामना गर्ने एक तिहाई परिवार आदिवासी थिए । 

मेन्टन भन्छन्– ‘आदिवासीलाई जातिवाद र दोस्रो दरका नागरिक मान्ने कारण धेरै खतरा हुने सम्भावना छ । प्रायः यो समस्या माथिबाट नै बढाइएको हो ।’ ब्राजिलका राष्ट्रपति जाइर बोलसनोरोले भनेका थिए –‘भारतीहरु क्रमिक रुपमा हामीजस्तै मानव बनाइरहेका छन् ।’

आदिवासीहरु दुईवटा खतराको सामना गरिरहेका छन् । भूमिको लागि शारीरिक संघर्ष र बाँच्नको लागि सांस्कृतिक अधिकार ।
..........

जंगल बच्यो भने महामारी कम
रोमेरो भन्छन्– ‘आधिवासी अधिकारको हमलाले धर्तीको स्वास्थ्यलाई पनि असर गर्छ ।’ जब हामीसँग जंगल र जमिनको अधिकार हुन्छ तिनीहरु हाम्रो परिवारको लागि जीवित रहने साधन हुन । यसको अर्थ महामारीबाट बच्ने हाम्रो लागि राम्रो मौका हो । 

विश्वका अधिकांश व्यक्तिहरु जस्तै ब्रिब्रि समुदायका मानिसहरु पनि लकडाउनमा छन् ।  रोमेरो भन्छन्– ‘हाम्रो जीवको ताल काटिएको छ । वृद्धालाई भेट्न निषेध गरिएको छ ।’ 

राष्ट्रिय बजारमा उत्पादनको बिक्री ९० प्रतिशतले गिरावट आएको छ । आदिवासी क्षेत्रका पहाड, नदी र पर्यटन ठप्प छ । यसको नतिजा ठूलो परिमाणमा आउने छ । विश्व कोभिड–१९ बाट बाहिर आएपछि आशाको केही किरण देखिने छ । 

रोमेरेलाई आशा लागेको छ, आदिवासी समुदायमा उपल्बध जानकारीको कदर गर्नेछन् । प्रकृतिसँगको उनीहरुको सम्बन्ध मूल्यांकन गरिने छ । रोमेरो भन्छन्– ‘हामीले अझ लामो यात्रा तय गर्नुछ । तर कोरोना भाइरस सकिएपछि सरकारले हाम्रो कुरा सुन्नुपर्छ ।’

(बीबीसी हिन्दीबाट आयुष्मा बस्नेतको अनुवाद ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर