सलमानको फिल्म ‘रेडी’ का कलाकार मोहित बघेलको निधन 

एजेन्सी । बलिउड स्टार सलमान खानको फिल्म ‘रेडी’ मा अमर चौधरीको भूमिका निर्वाह गर्ने मोहित बघेलको निधन भएको छ । उनको शनिबार बिहान २७ वर्षको उमेरमा  मथुरा जनपद निवासमा निधन भएको हो । 

उनी लामो समयदेखि मृगौला क्यान्सबाट पीडित थिए । सन् २०१९ मा मोहितले परिणिति चोपडा र सिद्धार्थ मलहोत्राको साथमा पनि काम गरेका थिए ।  मोहित बघेलको जन्म सन् १९९३ जुनमा मथुरामा भएको हो । 

उनी सानै देखि अभिनयमा रुचि राख्थे । त्यसैले उनले विद्यालयका हरेक नाटकमा भाग लिने गरेका थिए । उनले सन् २०११ मा रिलिज भएको सलमानको फिल्म रेडीबाट  आफ्नो पहिचान बनाएका थिए  । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर