• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कोरोना संक्रमित देखिएपछि संसारकै गहिरो सुनखानी बन्द

एजेन्सी । कोरोनाभाइरसको १६४ संक्रमित फेला परेपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानी हो ।

एक महिना बन्द भएपछि यो खानीमा गत महिना मात्रै काम सुरु भएको थियो । कम्पनी एंग्लोगोल्ड अशान्तिका अनुसार सबैलाई आइसोलेशनमा राखिएको छ । कम्पनीले गत हप्ता कोरोनाको पहिलो संक्रमित भेटिएपछि ६५० कर्मचारीको परीक्षण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर