बलिउड अभिनेता किरण कुमारलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  गत १४ मेमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आउने बितिकै उनी परिवार छाडेर सेल्फ आइसोलेसनमा बस्न थालेका छन् ।

७४ वर्षीय अभिनेताले आफूमा सङक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । उनले आफुले पौष्टिक खाना खाइरहेको र स्वस्थ्य रहेको समेत बताएका छन् । ‘कोरोना भाइरसलाई हामीले आत्मबलले जित्न सक्छौ । मलाइ कुनै लक्षण थिएन तर मैले जाँच गराएपछि पोजेटिभ आयो’ किरणले भने । पछिल्लो समय टेलिभिजनमा व्यस्त किरण ९० को दशकमा फिल्ममा व्यस्त थिए ।  उनले ’धडकन’, ’मुझसे दोस्ती करोगे’ जस्ता फिल्ममा काम गरिसकेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर