• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकाले लगायो ब्राजिलबाट हुने विदेशीको यात्रामा प्रतिबन्ध

एजेन्सी । ट्रम्प प्रशासनले पछिल्लो १४ दिनमा ब्राजिल पुगेका विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ल्याटिन अमेरिकी देश ब्राजिल कोरोना भाइरसको दोस्रो हटस्पटको रुपमा देखिएको छ । ब्राजिलमै रहेका वा हालै त्यहाँ गएका अमेरिकीलाई भने यो नियम लागु हुने छैन ।

दक्षिण अमेरिकी देश ब्राजिल पछिल्लो समय कोरोना भाइरस महामारीको नयाँ ‘इपिसेन्टर’ बन्दै गएको देखिएको छ । सोही कारण संक्रमण फैलिन नदिनका लागि कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले यात्रा प्रतिबन्ध लगाएको हो ।

विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल अमेरिकापछि छ अर्थात दोस्रो स्थानमा छ । पछिल्ला दिनमा त्यहाँ संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

अहिलेसम्म ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६३ हजार भन्दा बढी पुगेको र ज्यान गुमाउनेको संख्या २२ हजार ६६६ रहेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर