अभिनेता बरुण धवनको सानी आमाको निधन

मुम्बई । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नको लागि भारतमा पनि लामो समयदेखि लकडाउन जारी छ ।  यस्तो अवस्थामा बलिउका अधिकांश कार्यक्रम अनिश्चत कालको लागि स्थगित गरिएको छ ।  फिल्म, सिरियल लगायत धेरै टेलिभिजन कार्यक्रम पनि रोकिएको छ । 

यसैबीच अभिनेता बरुण धवनको सानी आमाको निधन भएको छ । उक्त निधनको खबर बरुणले आफ्ै इन्स्ट्राग्राम मार्फत जानकारी दिएका छन् । उनले सेयर गरेको पोस्टमा यायत्री मन्त्र लेख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  बरुणको सानीआमाको निधनप्रति बलिउडका धेरै कलाकारहरुले संवेदना प्रकट गरेका छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर