• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अमेरिका राजनीतिक भाइरसबाट संक्रमित भयो: चिनियाँ विदेशमन्त्री वाङ्ग यी

एजेन्सी । कोरोना भाइरस महामारीलाई लिएर अमेरिका र चीनबिचको सम्बन्धमा थप तनावको अवस्था सिर्जना भएको छ ।

सोही क्रममा चीनका विदेश मन्त्री वाङ्ग यीले आइतबार पत्रकारसँग अमेरिका ‘राजनीतिक भाइरस’ बाट संक्रमित भएको बताएका छन् । साथै उनले अमेरिकाले षडयन्त्र तथा झुट फैलाइरहेको चीनका विदेश मन्त्रीले आरोप लगाएका छन् ।

चिनियाँ विदेश मन्त्री वाङ्गले अमेरिकालाई समय बर्बाद नगर्न सुझाव दिएका छन् । कोरोना भाइरसविरुद्धको अभियान प्रभावकारी नहुँदा अमेरिकामा धेरै अमूल्य जीवनहरु गएकाले त्यस तर्फ ध्यान दिन उनले अमेरिकालाई आग्रह गरेका छन् । अमेरिकाका केही राजनीतिज्ञ अमेरिका–चीन सम्बन्ध खराब बनाउन लागि परेको उनको आरोप छ ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक नेता जो बाइडेनको सामना गर्न लागेका ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको काम अपर्याप्त रहेको भन्दै आलोचना हुने गरेको छ । ट्रम्पले भने कोरोना भाइरसको महामारीले यो रुप लिनुमा चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दोषी रहेको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर