एप्पलले जापानमा यसै साताबाट स्टोर पुनः सञ्चालनमा ल्याउने
एजेन्सी । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल इंकले जापानमा यसै सातादेखि स्टोरहरु पुनः सञ्चालनमा ल्याउने भएको छ । ्
कोभिड–१९ को महामारीका कारण महीनौंदेखि बन्द रहेका खुद्रा स्टोरहरु जापानमा यसै हप्ता खुलाइने भएको हो ।
फुकुओका र नागोया साकाइमा रहेका स्टोरहरु मे २७ मा खोलिने कम्पनीको वेबसाइटमा भनिएको छ । बाँकी रहेका आठ स्टोर पुनः सञ्चालनमा आउने मिति भने वेबसाइटमा उल्लेख गरिएको छैन ।
स्टोर खुलेपनि ढोकामा ग्राहक र कर्मचारी सबैको तापक्रम जाँच गरिने, समाजिक दूरी कायम गरिने र मास्कको प्रयोग अनिवार्य बनाइने लगायत सुरक्षाका उपायहरु अपनाइनेछ ।
जापान सरकारले सोमबारबाट आपतकाल हटेको घोषणा गरेको छ, भने लकडानलाई विस्तारै खुकुलो बनाउँदै लगिने पनि बताइएको छ । यद्यपि राजधानी टोकियालगायत केही क्षेत्रमा भने लकडाउन कायमै राखिने बताइएको छ ।
एप्पल कम्पनीले अष्ट्रेलिया, जर्मनी, अष्ट्रिया, दक्षिण कोरिया, स्वीटजरल्याण्ड र इटली र अमेरिकाको केही स्थानमा पनि स्टोर पुनः सञ्चालनमा ल्याइसकेको छ ।
प्रतिकृया दिनुहोस