• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कृष्ण सेनलाई लुकाउँदाको त्यो क्षण  

गोरो मुहार, कैला जुंगा । मुसुमुसु हाँस्ने मसिनो स्वर । घरेलु झोला नछोड्ने बानी थियो सेन दाइको । लाग्थ्यो सेन दाइको पहिचानै त्यही थियो । चश्मा यसो मिलाएर कम्प्युटरको स्क्रिनमा घुरेर हेर्ने । हामी आलाकाँचा तल झर्ने, खाजा खाने, माथि आउने गरिरह्यौं । सोमबारको एक दिन सेन दाइलाई त्यहाँ राति अबेरसम्म राख्यौं । कारण पसल बन्द नहुँदासम्म ती अपरिचित मान्छे गएनन् । 

२०५५ पुस १९ गते ललितपुरको भट्टेडाँडा चौकीमा माओवादी छापामारहरुले सम्पूर्ण हतियारसहित कब्जा गरे । सोही घटनालाई ‘साहासिक आक्रमण’ शिर्षक सहित सचित्र समाचार प्रकाशन गरेवापत जनादेश कार्यालयमा प्रहरीले छापा मार्यो । प्रहरीले कम्प्युटरलगायत प्रेस सामाग्री लग्यो कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित १३ जनालाई गिरफ्तार ग¥यो । कृष्ण सेन, महेश्वर दाहाल र गोविन्द आचार्य भने जाग्गिए । सम्पादक कृष्ण सेन दाइको खोजि व्यापक भयो । 

जनादेशको सबै सामान प्रहरीले कब्जा गरेपछि हाँक, जनआव्हान, केही समय जनादेश सबै एकै ठाउँ डिजाइन हुने भयो । कार्यालयबाट सबै सामान लगेपछि कृष्ण सेन दाइ भोटाहिटीको फलफुल गल्लिमा रहेको राम र लक्ष्मणको कम्प्युटरमा आउनुभयो । हाँक र जनआव्हानसँगै नयाँमोर्चा सन्ध्याकालिन बन्दपछि अर्को सन्ध्याकालिन ओम शर्माको त्यहीँ डिजाइन हुन्थयो ।

डिजाइनमा जाने भ¥याङदेखि पश्चिम सानो गल्लीमा चटामरी, बारा, भुटुन चिउरा बेच्ने भट्टी पसल थियो । त्यहीं बाटोबाट सधैं हिड्ने भएकाले त्यहाँ कस्ता–कस्ता मान्छे आउँछन हामीले चिन्थ्यौं । जब, कृष्ण सेन दाइ त्यहाँ आएदेखि अपरिचित मान्छेहरु बाक्लै त्यो पसलमा आउ जाउ हुन थाल्यो । कृष्ण सेन दाइ घरेलु झोला बोकेर पावरवाला चश्मा मिलाउँदै खुरुखुर माथि कम्प्यूटर कोठामा छिर्नुभयो ।

त्यो पसलमा अपरिचित मान्छेको हुल दिनभर देखियो । हामीले अनुमान लगाएऔं यी ‘सिआइडी’हरु हुन । कृष्ण दाइको पिछा गरिरहेको अनुमान हामीले लगाएऔं । सेन दाइलाई अपरिचित मान्छेहरु वरपर देखिएको जानकारी गराएऔं । अरुण क्षितिजको तल्लो तलामा फोटो ल्याव थियो । उनले ती मान्छेहरुको गतिबिधि बारे सबै हामीलाई जानकारी गराईरहे । हामी माथि कम्प्यूटर कोठमा रहँदा अरुणको ल्याबबाट ती मान्छेहरुको गतिबिधि सबै अबलोकन गर्न लगाएऔं उनलाई । 

सेन दाइले जनादेश त्यहाँ डिजाइनमा ल्याएपछि त्यहाँ चारवटा फाइल बनेको थियो । न्युज पेपरमा लेखेर टाइप गर्नु पर्ने । त्यसमा बाहिरबाट आएका लेख÷रचना, पत्र चाङ्ग हुन्थ्यो । राम लक्ष्मणले टाइप गरिसकेपछि त्यसलाई ठिक लगाएर राखिदिन्थे । जनआव्हान, हाँक, सन्ध्याकालिन र जनादेश लेखेर आ आफ्नो फाइलमा राखिन्थ्यो । राम लक्ष्मणले टाइप डिजाइन गर्थे । त्यहाँ सुरेश र अवाले भन्ने आउँथे कहिले काहीँ टाइप र डिजाइन गर्न ।

गोरो मुहार, कैला जुंगा । मुसुमुसु हाँस्ने मसिनो स्वर । घरेलु झोला नछोड्ने बानी थियो सेन दाइको । लाग्थ्यो सेन दाइको पहिचानै त्यही थियो । चश्मा यसो मिलाएर कम्प्युटरको स्क्रिनमा घुरेर हेर्ने । हामी आलाकाँचा तल झर्ने, खाजा खाने, माथि आउने गरिरह्यौं । सोमबारको एक दिन सेन दाइलाई त्यहाँ राति अबेरसम्म राख्यौं । कारण पसल बन्द नहुँदासम्म ती अपरिचित मान्छे गएनन् । 

फलफूल, चटामरी पसल बन्द भएर पहरेदारले सिठ्ठी फुक्दै गल्लीमा लाठ्ठी बजार्न थालेपछि हामी त्यहाँबाट निस्कियौं । सेन दाइ निस्केर कता लागे थाहा भएन । त्यसको दुई दिनपछि सेन दाइ पक्राउ परेको खबर सुनियो । कहाँबाट पक्राउ गरियो त्यो थाहा भएन । पछि सेना दाइलाई काठमाडौंबाट सिराह जेलमा सारियो । पत्रिका पछि गोविन्द आचार्यले रामभक्त महर्जनको कम्प्युटरमा लानुभयो । एकदिन उहाँले मलाई सिकाउनु भयो । त्यो ठाउँ । कृष्णदास श्रेष्ठको घर जाने बाँयाँतिर पुरानो घरभित्र जनादेश रामभक्तले सेटिङ्ग सुरु गरेका थिए ।  

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सभापति, सचिव र कोषाध्यक्षको भेला लहानमा भयो । म त्यतिबेला ललितपुर पत्रकार महासंघको सचिव थिएँ । 

ललितपुरबाट सभापति पूर्ण बस्नेत र म त्यो भेलामा गएऔं । भेला सकिएपछि हाम्रो अर्को पनि योजना थियो । एकताकेन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (२०२२)को ११औं राष्ट्रिय सम्मेलन जनकपुरमा थियो । त्यसको रिपोर्टिङ्ग गरेर जाने भन्ने । त्यो सम्मेलनमा निर्मल लामाले सम्बोधन गर्ने तयारी थियो । लामाको सार्वजनिक सम्बोधन सायद त्यही अन्तिम भयो ।

ललितपुर शाखाका सभापति पूर्ण बस्नेतको घर वर्दिवास फर्किएर बस्यौं । बर्दिबासबाट गोलबजार पुगियो । रामरिझन यादवसँगै । यादव र ओम शर्मा त्यसबेला महासंघको केन्द्रीय सदस्य थिए । त्यहीबेला सेन दाइलाई भेटन जाने सल्लाह भयो । यादव, बस्नेत र म सेन दाइलाई भेटन जलेश्वर जेल पुग्यौं । जेलबाट छेउको पोखरी प्रष्ट देखिने रहेछ । पोखरीको छेउँमा सुकेको रुख थियो । साँझपख त्यो रुखको छाँया पोखरीमा देखिदो रहेछ ।

त्यही छाँयालाई सेन दाइले निक्कै नियाल्नु हुँदो रहेछ । सेन दाइले आफ्नो चहाना भने– 
‘यो पोखरी हेर्दा त्यति फोहोर छ । तर, बिहान झुल्के घाम, गोधुली साँझसम्म छेउँको रुखको छाँयाले अनेक रुप लिन्छ । त्यही भएर रुख, पोखरीलाई घाम झुल्केदेखि अस्ताउँदासम्म हेर्छु । मलाई चन्द्रागिरीको पहाड जस्तो लाग्छ त्यो दृष्य । मैले चन्द्रागिरी बारे कविता तयार लेख्दै छु । मलाई कागज चाहिएको छ ।’

पूर्णजीले पैसा दिए । स्टेशनरीमा गएँ, व्हाइट पेपरको एक सेट र तीन वटा डटपेन किनेर ल्याइदिएँ । प्रहरीले सबै चेक गरिसकेपछि हामीले सेन दाइलाई दिएऔं । रिहाईपछि कृष्ण दाइले त्यो कविता समेत समावेश गरेर संग्रह प्रकाशन गरे । पछि त्यसबारे छलफल हुन सकेन । 

(मगरद्वारा लिखित ‘अंश’ पुस्तकमा सेन बारे प्रकाशित सामग्री)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर