कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कर्णाली प्रदेशमा बुधबार थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल का निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । उनीहरुको थप विवरण आउन बाँकी छ।

उनीहरूको मंगलबार प्रदेशिक अस्पताल विरेन्द्रनगरको प्रयोगशालामा पिसिआर परीक्षण गर्न स्वाब पठाइएको थियो । 

यसअघि प्रदेशमा २३ संक्रमित थिए । बुधबार १५ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३८ पुगेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर