• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

भारतमा सलह आतंक, नेपाललाई कति छ खतरा ?

एजेन्सी । विश्वकै एक खतरनाक तथा विनासकारी आप्रवासी किराको रुपमा चिनिने सलहको ठूलो समूह केन्या, दक्षिण अफ्रिका हुँदै पाकिस्तान र अब भारत आइपुगेको छ । 

अंग्रेजीमा ‘डेजर्ट लोकुस्ट’ भनिने यस किराको विशाल झुण्ड पश्चिमी र मध्य भारतमा बालीलाई सखाप पारिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो आतंक बताइएको छ । 

ड्रोन, ट्याक्टर र ट्याक्सीको मद्दतले यस किराको प्रभावित क्षेत्रको पहिचान भइरहेको र किटनाशक औषधी छर्किएर भगाउने प्रयास भइरहेको बताइएको छ ।

भारतमा यस किराले ५० हेक्टर जमिनमा लगाइएको कृषि–बालीलाई सखाप पारिसकेको बताइएको छ । प्रतिवर्ग किलोमिटरको दरले फैलिरहेको आठदेखि १० सलहको समूहले राजस्थान तथा मध्य प्रदेशको केही भागमा सक्रिय रहेको भारतको सलह चेतावनी संगठनका उपनिर्देशक एल गुर्जरले बताएको एएफपीले जनाएको छ । 

सलहको आक्रमणका कारण यी दुवै राज्इमा मौसमी फलफूल तथा बालीमा भारी मात्रामा नोक्सान पुर्याइरहेका छन् । भारतमा कोरोना भाइरसको महामारीसँग सलहको आक्रमणबाट त्यहाँका किसान निराश बनेका छन् । 

राजस्थान आइपुगेका सलहको समूहले त्यसअघि पाकिस्तानमा ठूलो नोक्सान पुर्याइसकेका छन् । यसका केही साना समूह भारतको अन्य राज्यमा पनि सक्रिय भइरहेको गुर्जरले बताएका छन् । 

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार, चार करोड संख्याको एक समूहले ३५ हजार मानिसलाई पुग्ने खाद्य समाप्त पार्न सक्छन् । भारी वर्ष तथा चक्रपातले गत वर्षको सुरुवातमा सलहको प्रजननमा बढोत्तरी आएको राष्ट्रसंघले जनाएको छ । 

भारतले सन् १९९३ पछि यति ठूलो मात्रामा सलहको आक्रमण देखेको थिएन । जुनमा यस किराको प्रकोपको स्थिति अझ गम्भिर बन्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । 

सलह कसरी बन्छ महमामारी ? 
सामान्य फट्याङ्ग्रा जस्तै देखिने मरुभूमि सलह सामान्यतयाः सुनसान क्षेत्रमा पाइन्छ । एक अन्डाबाट उत्पति भएर पखेटा भएको किरामा परिवर्तन हुन्छ । 

जब हरियो मैदानमा थुप्रै सलह जम्मा हुन्छन्, एक साथ मिलेर यिनीहरुले भयानक रुप लिन्छन् । यो झुण्डले एक दिनमा २ सय किलोमिटरसम्मको यात्रा गर्न सक्छन् । 

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार एक औसत सलहको दलले अढाई हजार मानिसको पेट भरिने अन्न एक दिनमा नष्ट पार्नसक्छ । 

संयुक्त राष्ट्रसंघका अनुसार, सन् २००३–०५ को बीचमा पनि सलहको संख्यामा यस्तो वृद्धि भएको देखिएको थियो, जसमा पश्चिमी अफ्रिकाको खेतमा २५० अर्ब डलरको नोक्सान भएको थियो । 

एउटा वयस्क सलहले हरेक दिन आफ्नो तौल बराबर अर्थात् करिब २ ग्राम खाना खान्छ । यसले बाढी तथा सुख्खापनसँग जुधिरहेको एक ठूलो भौगोलिक क्षेत्रमा खाद्य संकट उत्पन्न गराउँन सक्छन् । 

सन् २०१८–१९ मा आएको चक्रवाती आँधी तथा भीषण वर्षका कारण सलहको संख्यामा वृद्धि भएको बताइएको छ । 

पाकिस्तानको सीमासँग जोडिएको भारतको राजस्थानका केही क्षेत्रमा हरेक वर्ष सलहको सामान्य आतंक हुने गरेको छ, तर विगत तीन दशकमा सलहको यति ठूलो आतंक पहिलो पटक हो । 

सन २०१९ को सुरुवात ताका केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह जुनसम्म पाकिस्तानको पूर्वी भागमा देखा पर्न थालेको थियो । त्यस्तै गरी सलह अहिले भारतको ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात तथा उत्तर प्रदेशमा पनि देखा परी सकेको छ । 

उत्तर प्रदेशको ३३ जिल्लामध्ये १७ जिल्लामा सलहको आक्रमण देखा परेको छ । भारतको उत्तर प्रदेश नेपालको सबैभन्दा नजिक रहेको हुनाले नेपाल पनि सलहको चपेटमा पर्न सक्ने सम्भावना देखिन्छ ।

कोरोना महामारीले खस्केकोदेशको आर्थिक अवस्थाका बीच बाली–नालीमा सलहको आक्रमणले नेपाल जस्तो कृषि प्रधान देशमा खाद्य असुरक्षा उत्पन्न गराउँन सक्छ । यसको आतंक फैलिन नदिन लागि पर्याप्त मात्रा पूर्व तयारी थाल्न आवश्यक छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर