• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजमात्रै १ सय १४ जनामा देखियो संक्रमण, संक्रमित संख्या ८८६ पुग्यो

काठमाडौं । थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । एकैपटक यतिधेरै संख्यामा संक्रमण देखिएको नेपालमा यो पहिलोपटक हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन्  ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

नेपालमा हालसम्म एकलाख ५८ हजा ५५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ५८ हजार २७२ जनाको पिसिआर र एक लाख २८७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

कू्ल संक्रमितको संख्या ८८६ पुगेको छ । जसमध्ये ७९६ पुरुष र ९० जना महिला छन् । प्रदेश–१ मा १०३, प्रदेश–२०३ सय २४, बागमतिमा ३९, गण्डकीमा १३, प्रदेश ५ मा ३६५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कूल संक्रमितमध्ये हालसम्म १८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको छ । मुलुकभर हाल ६९९ जना अस्पतालको आईसोलेसनमा छन् भने ७० हजार ३०५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमणबाट हाल ४७ प्रभावित छन् ।

पछिल्लो पटक कोशी अस्तपालबाट चार जना डिस्चार्ज भएका छन् । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट तीन जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा निको हुनेको संख्या १८३ पुगेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर