• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोनाको कहर : सिमामा सुरक्षाकर्मीलाई सकस

झापा । सरकारले सिमामा निगरानी बढाएको छ । तर, राष्ट्रिय जिम्मेवारी बोेकेर सीमामा खटिएका सुरक्षाकर्मीले हावाहुरी र पानीसँग आफ्नै सुरक्षा कसरी गर्लान ? उनीहरू बस्ने संरचना गतिलो छैन । बाँसको भाटाले अड्याएको पालभित्र बाँसकै खाट छ । त्यही बाँसको खाटपनि डोरी लगाएर बनाईएको छ ।

गौरीगञ्ज गाउँपालिका २ स्थित लालमाटीमा रहेको सशस्त्र प्रहरीको पोष्टमा पुग्दा यस्तै दृश्य देखिन्थ्यो ।

राज्यले सिमानामा खटिएका सुरक्षाकर्मीलाई टर्चलाइट र गमबुटसमेत दिन नसक्ने अवस्था नै भएको भने देखिँदैन । नेपालले सुरक्षा शीर्षकमा छुट्याएको बजेटको आकारलाई हेर्ने हो भने यसलाई कम भन्न सकिँदैन् । सीमा तथा आन्तरिक सुरक्षामा परिचालित चार सुरक्षा संयन्त्रका लागि चालू आर्थिक वर्षमा मात्र सरकारले एक खर्ब १० अर्ब १३ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसलाई प्रतिशतमा हेर्ने हो भने नेपालको कुल बजेटको १० प्रतिशत हुन आउँछ ।

कसलाई कति बजेट ?
·सुरक्षा संयन्त्रको नाम — नेपाली सेना
चालू आर्थिक बर्षमा बिनियोजित बजेट —  ५० अर्ब आठ करोड ४७ लाख रुपंैया

·सुरक्षा संयन्त्रको नाम — नेपाल प्रहरी
चालू आर्थिक बर्षमा बिनियोजित बजेट —  ३९ अर्ब १३ करोड २५ लाख रुपैंया

·सुरक्षा संयन्त्रको नाम — सशस्त्र प्रहरी
चालू आर्थिक बर्षमा बिनियोजित बजेट —  १९ अर्ब २५ करोड दुई लाख रुपंैया

·सुरक्षा संयन्त्रको नाम — राष्ट्रिय अनुसन्धान बिभाग
चालू आर्थिक बर्षमा बिनियोजित बजेट —  एक अर्ब ६७ करोड २१ लाख रुपंैया

सिमामा सुरक्षाकर्मीलाई जनावरको पनि त्रास उस्तै
त्रिपालको भरमा सिमामा २४ घण्टा सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई मान्छेको भन्दा बढि डर अहिले जनावरको भईरहेको छ । सर्प, बिच्छी लगायतका जिवको डर उत्तिकै छ । एउटा सामान्य उदाहरणका रुपमा सोमबारको एउटा घटनालाई हेरौं ।

सोमबार झापाको गौरीगञ्ज गाउँपालिका २ स्थित लालमाटी भन्ने स्थानमा रहेको सशस्त्र प्रहरीको पोष्ट भन्दा करिब १ सय मिटरको दुरीमा एउटा हात्ती आफ्नो बच्चोसहित मकैबारीमा थियो । गाउँलेहरु त्यसलाई खेदाउन खोज्दै थिए । गाउँलेहरु रुखमा चढेर हात्ती खेदाउन खोज्दै थिए । सबै गाउँलेको उदेश्य भनेकै त्यो हात्ती र उसको बच्चोलाई त्याहाबाट लखेट्ने । तर परिस्थिती त्यती सहज बनेन । अन्तत सो स्थानमा एकजनाले ज्यानै समेत गुमाउनुपर्यो ।

सोही हात्तीको आक्रमणबाट एकजनाले सो स्थानमा ज्यान गुमाए । ज्यान गुमाउनेमा भारतीय नागरिक रहेका छन् । भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो । यस्तो त्रासका बिचपनि नेपाली सुरक्षाकर्मीहरु सिमा क्षेत्रमा अभावका बिच खटिरहेकै छन् ।

सिमामा लायन्स क्लबको साथ : निर्माण भए सुरक्षा पोष्ट
नेपाल भारतको सीमानामा लायन्स क्लबले शसस्त्र सीमा सुरक्षा बललाई स्थायी सीमा सुरक्षा पोस्ट निर्माण गरि हस्तान्तरण गरेको छ । हाल विश्वभर कोरोना भाइसको माहामारी फैलिरहेको बेला नेपाल भारत सीमा सिल गरीएको छ । खुल्ला सीमानाको कारण मानिसहरु भारतबाट लुकि छिपी नेपाल प्रवेश गरी रहेका छन् ।

यसरी लुकेर प्रबेश गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले यसलाइ रोक्न सरकारले नेपाल प्रहरी र शसस्त्र प्रहरीलाइ नेपालको दक्षिणी सीमा क्षेत्रमा खटाएको छ । सुरक्षाका लागि सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी खटाए पनि अस्थायी टेन्टका कारण सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाइ बस्न असहज भइ रहेको बेला लायन्स क्लब अफ इन्टरन्यासनल डिस्ट्रीक ३२५, एम डी थ्री टु फाइभ अन्तरर्गतका दमक, उर्लाबारी, बिराटनगर र काठमाडौंका गरी १२ वटा क्लब मिलेर शसस्त्र प्रहरी सिमा सुरक्षा बललाइ स्थायी पोष्ट बनाएर सोमबार गौरीगंज २ लालाटीमा एक र्कायक्रमका बिच सो पोष्ट हस्तान्तरण भयो ।

लायन्स क्लबका सेकेन्ड भाइस डिस्ट्रीक गर्भनर रेवत बहादुर कार्कीको आतिथ्यतामा उक्त पोष्ट त्यस क्षेत्रमा सीमा सुरक्षा लागि खटिएका सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन पोख्रेललाइ हस्तान्तरण गरिएको पोष्ट निमार्ण संयोजक बिश्वास कायस्थले बताए । संकटको अवस्थामा सिमा सुरक्षामा खटिएका सुरक्षा कर्मीलाइ सीमा सुरक्षाको निम्ती केही हद सम्म सहज होस् भन्ने हेतुले क्लबहरु मिलेर पोष्ट निमार्ण गरिएको बताइएको छ ।

क्लबले नेपाल भारतको सीमा सुरक्षा को लागि माइ पश्चिमबाट हरेक दुइ देखि ३ किलोमिटरको दूरीमा करीब चारलाखको लागतमा ७ वटा पोष्ट निमार्ण गरीएको दमकका लायन्स सलडर बिमल शर्माले बताए । सोही अवसरमा सिमा सुरक्षा पोष्टको अनुगमनका लागि पुगेका प्रदेश १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्य मन्त्री बिजय विश्वासले लायन्सले गरेको कार्यको प्रंससा गर्दै लायन्स क्लबको जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारा नारामा मात्र सिमित नभएर काम पनि गरेर देखाएको भन्दै प्रशंशा गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर