• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजको राशिफल: जेठ १५ विहीबार तपाईको आज

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

 वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पुनर्मिलनको योग रहेको छ ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मनमा दुविधा उत्पन्न हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । साँझपख शुभ समाचार आउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ । 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । शत्रु पराजित हुनेछन् । 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक यात्रा हुनेछ ।  

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला । 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) धार्मिक तथा संस्कृति क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । विपरीत वर्गप्रति आकर्षणपनि बढ्नेछ । 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भूमिबाट लाभ रहनेछ । 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।  

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । डेकोरेसनको क्षेत्रमा पर्याप्त लाभ मिल्नेछ ।    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर