• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बिरामीको कोरोना संक्रमणबाट मृत्यु भएसँगै किस्ट अस्पतालमा उच्च सतर्कता

काठमाडौं । ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ।

किस्ट अस्पतालमा रहेका ५६ वर्षका पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएपछि अस्पताल प्रशासनले उच्च सतर्कता अपनाएको छ । 

कलेजो संक्रमणका बिरामी ती पुरुष गत जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए। उनको घर ललितपुर महानगरपालिका २२, बुङ्‌मतिमा थियो।

अस्पतालमा आइसियुमा भर्ना भएका सबै बिरामीको सोमबार स्वाब संकलन गरिएकाे थियाे । मृत्यु भएका एक जना र अन्य एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ। अन्य एकजनाको पिसिआर रिपोर्ट भने पेन्डिङमा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। ती बिरामीको अहिले आइसोलेसनमा राखेर उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर