• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ट्वीटरसँग आक्रोशित बनेपछि सामाजिक सञ्जाल कम्पनी नै बन्द गरिदिने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् । ट्वीटरले उनको ट्वीटमा तथ्य–जाँच राखेपछि ट्रम्प आक्रोशित भएका हुन् ।

ट्वीटरले आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्रम्पले मंगलबार राति चेतावनी दिँदै ट्वीट गरे, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ।’ 

त्यसपछि बुधबार बिहान उनको आक्रोश झन बढ्यो । उनले दुई ट्वीटमा सामाजिक सञ्जाल ट्वीटरलाई आक्रमण गरे । उनले लेखेका छन्, ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’

उनले अघि लेखेका छन्, ‘सन् २०१६ मा उनीहरुले के गर्न खोजे भन्ने हामीले देखेकै हो तर उनीहरु असफल भए । त्यस्तो पुनः हुन दिँदैनौँ । जस्तो कि हामीले बिस्तारित स्तरमा हुलाक मार्फत मतदान गर्ने व्यवस्था पनि हुन दिने छैनौँ ।’

उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिँदै ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाएका छन् ।

ट्रम्पको पछिल्लो ‘युद्ध’ मुलतः ट्वीटरसँग केन्द्रित भएको छ । आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्वीटरलाई ट्रम्पले सिएनएन र द वासिङ्गटन पोस्टसँग दाँजेका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर