• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रुकुम (पूर्व) तीन जनामा कोरोना संक्रमण देखियो

रुकुम  । रुकुम (पूर्व) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण भएको गाउँपालिका प्रवक्ता भिम बहादुर मल्लले बताएका छन् । वडा नं १३ का २३ वर्षका पुरुषमा कोरोना संक्रमण भएको उनले बताए।

प्रवक्ता मल्लका अनुसार तीन महिना अगाडि मलेसियाबाट आएका उक्त पुरुषमा कोरोना देखिएको हो । वडा नं १४ को क्वारेन्टिनमा रहेका २ जनामा पनि कोरोना देखिएको प्रवक्ता भिम बहादुर मल्लले बताएका छन्।

७ जनामा गरिएको पिसिआर परिक्षणमा कोरोना देखिएका दुई जना इण्डियाबाट आएका थिए । १५ वर्षका पुरुष र १८ वर्षका महिलामा कोरोना पुष्टि भएको बताइएको छ। अहिले वडा नं १३ र १४ लाई सिल गर्ने निर्णय भएको पुथा उत्तरगंगा गाउँपालिकाका प्रवक्ता भिमबहादुर मल्लले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर