• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एक लाख बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा एक लाख भन्दा बढीको ज्यान गएको छ । वर्लड मनोमिटरको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट एक लाख २७६ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १६ लाख ९८ हजार भन्दा बढी पुगेको छ । विश्वभर संक्रमित भएका कुल मानिसमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा छन् ।

अमेरिकामा गएको जनवरी २१ मा वासिङ्गटनमा पहिलो संक्रमण पुष्टि भएको थियो । चार महिना भित्र संक्रमित तथा मृत्यु हुनेको संख्या विश्वकै सबैभन्दा धेरै भएको हो । विश्वभर हालसम्म ५६ लाख ८५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये कम्तिमा तीन लाख ५४ हजार ९८३ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर