• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रेम को अपराधिकरण : प्रेम, चेतना की सोंच

एउटा तस्विर देखियो, नौ जवान खिस्स हासेको । टाउकोमा ढाकाटोपी मात्रै थिएन भिरेको झोलामा नेपालको झण्डापनि । ती रहेछन जाजरकोटका नवराज बिक । समाचार भन्थ्यो 'प्रेम सम्बन्धले ज्यान लियो' । जो कसैकोपनि मन पोल्ने त्यो तस्विर र समाचार । ३ वर्ष देखीको नाबालिग प्रेम रोक्नु सट्टा ज्यान नै लिने काम गरेर यो यूगलाई नै कालो धब्बा लागेको छ समाजमा ।

प्रेमको जवाफ हत्या २१औ शताब्दीमा कल्पनीय हुनै सक्दैन, यो त बर्बर र ढुङ्गे यूगको कदम हो । तर्क गरिएलान हुल बाँधेर किन गए ? उ एक्लै गएको भए आज सायद समाचारमा समेत उन्को नाम आउदैन थियो । जे भयो यो यूग सरमले झुक्ने काम भयो । दलित हुनु संयोग किन मानिन्दैन भने केटी कि आमाले जात छोएर गाली गर्दै लखेटेको कुरा ले यो हत्या निसन्देह जात र छुवाछुत कै परिणती हो, संलग्न जो भएपनी कठोर कार्यबाही हुनुपर्दछ ।

 यता रुपन्देहीको देबदहामा १३ वर्षिय निच भनिएको जात कि यूवती  शान्ती पासीको हत्या नै गरेको उनकी आमाले किटानी जाहेरी दिएकी छिन ।

उच भनिएको वीरेन्द्र भरले बलात्कार गरेर समाजले भित्राउने निर्णय गरेको देखियो । पछी सो उच्च जातको बिरेन्द्र  कि आमाले बुहरी न भित्र्याउने भन्दै तर्साए पछी ति बालिकाको हत्या भएको देखिन्छ । अझ नजिकको सत्य त अनुसन्धान पछी आउनेनैछ । यी २ घटना प्रतिनिधी घटना हुन जस्ले जातिय  विभेदको प्रचलित नमुना र उक्त उच-निचको कलङ्क प्रस्ट पार्छ ।

 यी २ घटना किनपनि प्रतिनिधी हुन भने यीनले पहाड र तराई सबै तिर यो कलङ्कित मानसिकता  समाजमा ऐजेरु झै फैलिएको छ, सदियौ देखी भन्ने देखाउन ।  हामीले सबै मानिस समान भनेर संविधानमा लेख्यौ, कानुन पास गर्यौ,निती बनायौ । घोषणा पत्र बाँड्यौ, स्कुलमा अध्ययन सामग्री पढायौ ।राजनितिक ब्यबस्था बदल्यौ,अवस्था बदल्यौ । तर मानसिकता बदल्न सकेनौ । चेतना बदल्ने अझ भनौ मानिस बदल्ने आन्दोलन बाँकी रहेछ भन्ने देखियो ।

संविधानले जीवनसाथी छान्ने अधिकार दिएकोछ, जात र धर्मको आधारमा विभेद गरिएको छैन तर फरक जातिसँगको प्रेम र विवाहमा समाजको क्रूरता हटेको छैन ।नेपालको संविधान २०७२ को प्रस्तावनामै जातीय छुवाछुत अन्त्य गर्ने उल्लेखछ । विसं २०६३ मै छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको थियो ।तर अन्तरजातीय विवाह वा सम्बन्धकै कारण नवराजहरुको हत्या हुन्छ । त्यहाँ जात र धर्मको आधारमा विभेद गरिएको छैन । तर, फरक जातिसँगको प्रेम र विवाहमा समाजको क्रूरता हटेको छैन । वर्ग बिभेदको लडाई लड्यौ अझै वर्गभित्रको वर्ण विभेदको लडाई र जीत हाँसिल गर्नै बाँकी रहेछ, यी घटनाले त्यही देखाए । 

जतिय ट्याग लागेका केही अपराधहरू हेरौ, 

०६८ भदौमा दैलेखका सेते दमाईंलाई गैरदलितहरूको समूहले खुकुरीले छातीमा हानेर हत्या गर्‍यो । त्यस घटनामा पनि सिंगो गाउँ नै दलित परिवारमाथि खनिएको थियो । ०६९ असारमा धादिङ पीडा– ५ मूलखर्कमा दलित युवकले सुवेदी थरकी युवतीसँग प्रेमविवाह गरेपछि गैरदलितहरूले सिंगो दलितबस्तीमाथि आक्रमण गरे । आक्रमणबाट दलितबस्ती नै विस्थापित भयो । ०७३ मा काभ्रेका अजित मिजारपनि अन्तरजातीय विवाहकै कारण मारिए । उनको शव अझै शिक्षण अस्पतालमा छ । परिवारले हालसम्म न्याय पाएका छैनन् ।

जातिय भेदभाबलाई दण्डित गर्ने कानुन बनेको ९ वर्षा हुनै लाग्दा भएका केही थपा घटना नियालौ ।२०७७ साल मा रुकुम कै टिकाराम बिक ले अन्तरजातिय प्रेम मा सहयोग गर्दा ज्यान गुमाए । २०७५  सालमा कैलालिकी माया बिकको बलात्कार पछी हत्या भयो । 

सोही साल मोरङ कि रुपमती कुमारी दासको अपहरण पछी  बलात्कार गरेर हत्या भएको देखियो ।त्यस्तै कास्किकी श्रेया सुनारको बलात्कार पछी हत्याभयो ।

सोहि साल कालिकोट कि मना सार्कीको अछुत भनेर कुटपिट गरी हत्या भयो । अनि त्यही वर्ष धनुषाकि दितिया रेष्मा रसाईलीकोपनि बलात्कार पछी जघन्य हत्या भयो । यी सबै मानब समुदायका कलङ्कित घटना हुन । अनि २०७३ सालमा काभ्रेका अजित मिजारको अन्तरजातिय विबाह कै कारण हत्या गरिएको थियो ।

त्यही लक्ष्मी परियारलाई बोक्सीको आरोपमा कुटपिट गरेर हत्या भएको तथ्य हामी सामुछ, २०७३ मै । अनि झापाकी अस्मिता सार्कीको प्रेम असफल हुदाको घटना त सबैको मानसपटलमा ताजैछ । २०७० सालमा तनहु कि संगिता परियारपनि अन्तरज्जातिय प्रेम कै कारण मृत्यूबरण गर्न बाध्य पारिएकी थिईन । 

यी घटनाले सिंगो गैरदलित समुदायको चेतना स्तरमाथी  प्रश्न उठाएका छन् ।यो प्रश्न गैरदलित समुदायमा मानवीय मूल्यमाथिको प्रश्नहो । यो प्रश्न गैरदलित समुदायमा सामाजिकीकरण र रूपान्तरण कमी देखाएको प्रश्न हो । र, यो प्रश्न हरेक गैरदलितले आफ्ना सन्तान र आफूलाई अपराधी बनाउने कि मानवीयकरण गर्ने भन्ने हो । हामी जति नै मौन बसेपनि चौरजहारी घटनाले वर्षौंसम्म पछ्याइरहनेछ ।  

 मुलुक छुवाछुतविरोधी कानुनी बाटोमा हिँडेको छ दशक टेक्न खोज्दैछ, तर समाजमा अझै दलितमाथि भेदभावयुक्त जघन्य व्यवहार यथावत् छ। छुवाछुत मात्र होइन कि मानवताविरुद्घकै अपराधजन्य पछिल्ल्लो घटना जाजरकोटमा देखापर्‍यो। जाजरकोट जिल्ल्लाका नवराज बिक को जुन बर्बर घटना भयो, यसले हाम्रो राजनीतिक–सामाजिक समग्र व्यवस्थाको सोच र व्यवहारलाई उदांगो पारेको छ र, त्यसलाइ रुपन्देहीको रोहिनी घटनाले गम्भिर बनाएको छ । के हाम्रा कानुन कमजोर छन ? 

उल्लिखित दृश्टान्तहरु लेखी रहदा  औला धर्ममा ठडिदै देखिए ।डा. बाबुरामहरुका चस्माले यो  दोष धर्ममा देख्छन । विडम्बना  कुनै धर्मले कसैलाई बिभक्त गरेको छैन । सबै प्राणी समान हुन । तर बाबुराम जस्ता सो कल्ड बुझक्कडहरु जो सदियौ देखी समाजमा ठालु देखिए उनिहरुले आफूलाई श्रेस्ठ देखाउन शास्त्रको आफू अनुकुल ब्याख्या गर्दै आउदा समाजमा द्वेश फैलेको वा फैलाईएकोहो ।

यहाँ उनि प्रती किनपनि औला तेर्साउन मुनासिब हुन्छ भने उनि नै जनताको घरमा बास बसेर खानाखादै तस्विर बाँडे तर उन्ले नै फलनो स्थानको दलित वस्ती/घर भन्न छोडेनन । उनि अझैपनि धर्म र जातको उत्तेजना फैलाउन उद्दतछन । रोकौ । को रगत रातो छ । सबै को जिवन ओअक्सिजन ले चल्छ । सबै का २ आँखा छन र २ कान नै ।

सबै तपाई,म मा के चिज बढी छ  कस्मा? के कमी छ र निचो देख्नु हुन्छ ? 

२०६३ जेठ २१ गते नेपालको संसद्ले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको चौध वर्षको पूर्वसन्ध्यामा भएको यस्तो साम्प्रदायिक हिंसाको शृंखला रोकिनुपर्छ। हामी संवैधानिक, कानुनी, नीतिगत रूपमा जति अगाडि छौं, व्यावहारिक रूपमा उति नै पछाडि। वर्तमान संविधानको धारा ४० मा ‘दलितको हक’अन्तर्गत ७ वटा उपधारामा दलितको सम्मानमा हामीले खर्च गरेका निर्जीव शब्दमा प्राण भर्न हाम्रो चेतनाको तह संग्लिनैपर्छ। आजको युगमा पनि हामी जातपातका आधारमा विभेद, हिंसा गर्छाैं र यस्ता घटनालाई यहाँ यस्तै हो भनी सामान्य रूपमा लिन्छौं भने हामीलाई इतिहासले दुत्कार्नेछ। 

जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले  छुवाछूत तथ भेदभाव विरुद्ध यस्ता अधिकार र नसिहत को ब्याख्या गरेको छ ।

**   विवाह गर्ने तथा बरबधु छान्ने अधिकार,

**     छुवाछूत तथा भेदभाव  गर्न नहुने

**  कसैले प्रचलित कानून बमोजिम उमेर पुगेका वर–वधुवाट मञ्जूर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा रोक लगाउन, त्यस्तो विवाहबाट जन्मिएका सन्तानको न्वारान नगराउन वा भइसकेको विवाह विच्छेद गराउन कुनै किसिमले कर गर्न वा गर्न लगाउन हुँदैन ।

त्यसो गरेमा कसुर हेरी विभिन्न दफा अनु सार कसुर बमोजिमको  व्यक्तिलाई  कम्तिमा तीन महिनादेखि तीनवर्षसम्म कैद  र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना वा दुबै समेत हुने ब्यबस्था गरेको छ । हामी मुना मदन पढेका छौ । लैला-मजनुका कथा सुनेका छौ । आदम-ईभको प्रेम पढेकाछौ ।

 शेक्सपियरको रोमियो-जुलिएटको प्रेम पढेर संसार अघाएको छैन । ईमिली ब्रोन्तेको 'ड्रामाटिक रोमान्टिक ट्रेजेडी'मा संसारले आशु खसाएकै छ, साहित्य मार्फत । १९७७ मा प्रदर्शित टाईटानिकमा अपर क्लास र लोवर क्लासको प्रेमका पात्र रोज र ज्याक हामी धेरैले हेर्दै मुटु चिसो बनाएकैछौ ।

पश्चिमी साहित्यमा ट्रीस्टान र ईसोको दिलचस्पी साहित्य सदियौ देखी जिबित छ जसरी नेपोलियन र जोसेफाइनको चर्चा अझै छ ।मुगल सम्राट शाह जहन र मुम्ताज महलको प्रेममा बनेको ताज महल त धेरै पुगेकै छौ । ईतिहास अमर प्रेमको लेखिनु पर्नेमा हामी कहाँ समाज रुपान्तरणको ट्रान्जिसनल फेजमा हत्या र अपराधका कथा लेखिनु हाम्रो समाज, मानबाधिकारको यूगको कलङक हो । जो जहाँ छौ, त्यही वाट यो रुढिवादी प्रचलन र मान्यता नामेटपार्न आफैसंग अठोट गरौ ।

चार्ली चाप्लिनले भनेका छन "कुनै कुभलो हुने कामगर्न मात्रै शक्ती चाहिन्छ अन्य कामको लागी प्रेम नै काफी छ" ।

'प्रेम फैलाउँ, समाज सभ्य र शान्त बनाऔ ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर