• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 10:24 pm

बेलायतमा थप एक भूपू गोरखा सैनिकको कोरोनाबाट मृत्यु

लण्डन ।  कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुख्र्याैली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गर्नुभएका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए । 

शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन ।

उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन्  । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मलेसियामा नेपाली कुटिएको भाईरल भिडियो बारे अनुसन्धान शुरु

  • १६ श्रावण, २०७७

मलेसिया । लाखौं नेपाली रोजगारीका लागि पुग्ने मलेसियामा कामदार कुटिएको विषय पछिल्लो चरणमा चर्चामा आएको छ । मलेसियामा एक सुरक्षा गार्ड कुटिएको भिडियो

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • १८ जेठ, २०७७

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ ।

कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने

  • १४ जेठ, २०७७

सउल । कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य