• सोमबार ४-१९-२०७७/Monday 08-03-2020/ 09:26 pm

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र  संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा  बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो ।

संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९  नेपालीको निधन भएको छ ।

त्यस्तै  अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ ।  यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक बाहिर १४ हजार ४२५  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको  एनआरएन, कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मलेसियामा नेपाली कुटिएको भाईरल भिडियो बारे अनुसन्धान शुरु

  • १६ श्रावण, २०७७

मलेसिया । लाखौं नेपाली रोजगारीका लागि पुग्ने मलेसियामा कामदार कुटिएको विषय पछिल्लो चरणमा चर्चामा आएको छ । मलेसियामा एक सुरक्षा गार्ड कुटिएको भिडियो

बेलायतमा थप एक भूपू गोरखा सैनिकको कोरोनाबाट मृत्यु

  • १५ जेठ, २०७७

लण्डन ।  कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार

कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने

  • १४ जेठ, २०७७

सउल । कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य