• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सरकारको विरोधमा उत्रिएका युवाहरुको प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप [फोटोफिचर]

काठमाडौं । काठमाडौंको नक्सालमा सरकारको विरोधमा उत्रिएका युवाहरुको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।  बिहिबार नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकारीले पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटि परीक्षण पूर्ण रुपमा बन्द गर्नुपर्ने,कोरोना नियन्त्रणमा खर्च गरिएको रकमको विवरण सार्वजनिक नगरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले नक्सालमा प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । उनीहरुलाई प्रहरी हेडक्वाटर नजिक पु¥याएपछि प्रहरीले लाठी चार्ज गर्नुकासाथै चार÷पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा समेत प्रहार गरेका हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर