• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मण्डन–देउपुर नगरपालिकाका सचेत युवाद्वारा सरकारविरुद्ध प्रदर्शन [फोटोफिचर]

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित कुन्तावेशीमा सरकारविरुद्ध प्रदर्शन भएको छ । मण्डन–देउपुर नगरका सचेत नागरिकहरुले सरकार कोभिड १९ को महामारी विरुद्ध प्रदर्शन गरेका हुन् ।

पिसिआर परीक्षणको दायरा नबढाएको, मृत्युपछि मात्र कोरोना रिपोर्ट पाजेटिभ आएको, सरकार आफ्नो दायीत्वबाट पछि हटेको लगायतका विषयहरु उजागर गर्दै शनिबार दिउँसो युवाहरुले कुन्तावेशी चोकमा प्रदर्शन गरेका हुन् ।

जनताले कोरोना कहरमा घरभित्रै बसेर सरकारलाई साथ दिइरहेको बेलामा सरकार भने भ्रष्टाचारमा लिप्त भएको भन्दै विरोध स्वरुप प्रदर्शन गरेको अभियान्तामध्येका एक भोला नेपालले बताए । उनले भने, ‘हामीले यो शान्तीपूर्ण विरोध गरेका हौँ । सरकार नसच्चिने बेलासम्म यो हामी ध्यानाकर्षण गराउने काम गरिरहने छौँ ।’ 

उनका अनुसार नेपालको राष्ट्रिय झण्डा बोकेर समाजमा रहेका सचेत युवाहरुले यो विरोध प्रदर्शन गरिरहेको छ । साथै, उनले आफूहरु कसैबाट संचालित नभई स्वचालित रुपमा सडकमा आएको बताए । 

राज्यले कोरोना कहरसँग लड्नका लागि कतैपनि गम्भीर नभएको भन्दै दबाब दिनका लागि सडकमा उत्रिएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर