• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 10:30 pm

एक वृद्धले ‘कोविड–१९’ उपचारको बिल झण्डै १४ करोड तिरे !

वासिङ्टन । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं । 

तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ ।

समाचार अनुसार गच मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो । 

एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए । 

तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । अखबारका अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो, र यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर (करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ)को थियो । 

बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो । 

तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ । 

मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् । सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् । 

उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनका कारण पृथ्वीमा आधा कम भयो ध्वनि प्रदुषण

  • ९ श्रावण, २०७७

एजेन्सी । एक नयाँ अध्ययन अनुसार विश्वभर कोरोना भाइरस महामारीका कारण लागू गरिएको लकडाउनका कारण पृथ्वीमा हुने ध्वनि प्रदुषणमा ५० प्रतिशत कमी आएको छ

जुँगा भएकी राजकुमारी, जसको प्रेममा १३ जना पुरुषले गरेका थिए आत्महत्या 

  • ५ श्रावण, २०७७

एजेन्सी । आजको समयमा महिलाहरुको सौन्दर्य शरीरको बनावट र अनुहारको चमकमा निर्भर हुने गरेको छ । तर एक भनाई प्रख्यात छ, सुन्दरता मानिसहरुका हेर्ने आँखामा

उडिरहेको चार्टर विमान भित्र महिलाले जन्म दिइन् जुम्ल्याहा बालिका

  • २६ असार, २०७७

उलान बाटोर । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको