प्रदेश पाँचको बजेट ३६ अर्ब ३५ करोड

बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएको छ । बजेटमा स्वस्थ्य, कृषिमा महत्व दिइएको छ । विकास निर्माणका धेरै कार्यक्रमलाई रोजगारसग जोडिएको छ । 

प्रदेश सभाको सोमवारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी समालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रू. १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४.६४ प्रतिशत‚ पूँजीगततर्फ रू. १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार अर्थात् ५१.२२ प्रतिशत रहेको छ । स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू. ५ अर्ब १४ करोड ५० हजार विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणको अंश कूल विनियोजित बजेटको १४.१४ प्रतिशत रहेको छ । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रू. २ अर्ब ३ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रू. ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट रू. ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट रू. ७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट रू. ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट रू. ४८ करोड ३३ लाख, विशेष अनुदानबाट रू. २१ करोड र चालु आर्थिक वर्षको वचत रकमबाट रू. ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ । प्राथमिकतामा परेका सशर्ततर्फका आयोजनाहरू कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालु आर्थिक वर्षमा झैं नेपाल सरकारसँग अपुग स्रोतको माग गरिने बजेट बक्तब्यमा उल्लेख छ ।

बजेटमा कोरोनासगको लडाइमा सफलता हासिल गरेपछि कृषि, पर्यटनलगायतका क्षेत्रको विकास गर्दै रोजगारी र आर्यआर्जन बढाउने कुरामा जोड दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर