• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

शहिद गेट लम्पसार युवाको नारा : बेसार प्यार, काम कहिले सरकार ? [फोटोफिचर]

काठमाडौं । युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारको कार्यशैलीको विगरोधमा विभिन्न प्लेकार्ड देखाउँदै काठमाडौंस्थित शहिद गेट क्षेत्रमा लम्पसार परेर उनीहरुले विरोध जनाएका हुन् ।

केहीदिनदेखि राजधानी लगायतका शहरहरुमा युवाहरुले सरकारको विरोध स्वरुप प्रदर्शन गरिरहेका छन् । शनिबार काठमाडौंमा उनीहरु कोरोना नियन्त्रणमा सरकारले प्रभावशाली काम गर्न नसकेको भन्दै मृत्युको अभिनय गरेर सडकमै सुतेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार खाएर कोरोना ठिक हुन्छ भनेकोमा पनि उनीहरूले ब्यंग्य गरेका छन् । ‘बेसार प्यार, काम कहिले सरकार ?’ लेखिएको प्लेकार्ड बोकेर युवाहरू प्रदर्शनमा निस्केका थिए ।

उनीहरुले सबैको पीसीआर परीक्षण गरिनुपर्ने, कोरोना रोकथाममा भएको खर्च हिसाब पारदर्शी बनाउँनुपने सरकार कोरोना संक्रमण व्यवथापनमा चुकेको र आर्थिक अनियमितामा डुबेको प्रदर्शनकारीको आरोप छ ।

उनीहरूले सय प्रतिशत पिसिआर परीक्षणको माग गरेका छन् । त्यस्तै क्वारेन्टाइनमा महिलाहरु सुरक्षित नभएकाले व्यवस्थित क्वारेन्टाइनको माग  गरेका छन् ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर