सुर्खेतमा आरडिटी जाँचेर घर पठाइएका व्यक्तिको मृत्यु
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ ।
भेरीगंगा–५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो ।
क्वारेन्टिनमा आरडिटी र्यापिड डाइग्नोष्टिक टेस्ट गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन् । छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए । उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर पठाइएको उनले बताइन् । उपमेयर ढकालका अनुसार उनी जेठ १६ गते भारतबाट फर्किएका थिए ।
पिसिआर परीक्षणका लागि मृतकको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गएको र पिसिआर रिपोर्ट आएपछि मात्र उनको दाहसंस्कार गरिने उपमेयर ढकालले बताइन् ।
प्रतिकृया दिनुहोस