• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विभिन्न देशबाट यस्तो देखियो आजको खण्डग्रास सूर्यग्रहण [फोटोफिचर ]

काठमाडौँ । नेपाली समयअनुसार आषाढ कृष्ण औँसीका दिन आइतबार (आज) बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्यो । 

वैज्ञानिक मूल्य मान्यताअनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिन्छ । सूर्य, चन्द्रमा र पृथ्वी सिधा रेखामा हुँदा पृथ्वीमा चन्द्रमाको छायाँ पर्ने भएकाले सूर्यग्रहण लाग्ने  हुन्छ ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुने बताइन्छ ।

विश्वभरमा पश्चिम अफ्रिकादेखि अरब प्रायद्धीप, भारत, दक्षिणी चीनसहित नेपालमा पनि खण्डग्रास सूर्यग्रहणको अवलोकन गरेका छन् । नेपालबाट भने तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिएको थियो

। 

भारतको कुरुक्षेत्रबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः सजाद हुसैन (एएफपी)

श्रीलंकाको कोलम्बोबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः लक्रुवान वान्नियारच्ची(एएफपी) 

इटालीको रोम नजिकै लाडिस्पोलीबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः अल्बर्ट लिंगरिया(सिन्हुवा)

कतारको दोहाबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः सोरिन फुर्कोल(अलजजिरा) 

केन्याको नाइरोबीबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः यासुयोसी चिबा(एएफपी)

केन्याको नाइरोबीबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः बाज र्याटनर(रोयटर्स) 

बहराइनको मनामाबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः हमद आई मोहम्मद(रोयटर्स) 

इजिप्टको मादीबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः अमर अब्दल्लाह दाल्स(रोयटर्स)

भारतको गान्धीनगरमा एक जना मानिस देखिएको खण्डग्रास सूर्यग्रासलाई आफ्नो मोबाइल प्रयोगगरी तस्विर लिँदै । तस्विरः अमित देभ(रोयटर्स) 

भारतको नयाँ दिल्ली राजपतीबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः अद्नन अबिधी(रोयटर्स)

साउदी अरबो रियादबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः अहमद योस्री(रोयटर्स)

पाकिस्तानको कराचीस्थित क्लिफटोन तटबाट देखिएको खण्डग्रास सूर्यग्रहण । तस्विरः अख्तर सोम्रो(रोयटर्स)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर