• मंगलबार ४-२७-२०७७/Tuesday 08-11-2020/ 10:34 am

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

टेक्सस ।  गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । 

समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिने दाहालले बताए । 

साथै समितिले भानुभक्त आचार्यको जन्मजयन्ती पर्ने असार २९ लाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसको रूपमा मनाउन विश्वभर रहने नेपालीमा आग्रहसमेत गरेको छ । – सुरज भण्डारी
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जीवनयात्रा

  • २४ श्रावण, २०७७

प्रत्यूष , यात्राको चौबाटोमा भेट हुंदा  अलिकति मुस्कानसंगैं  बढेको आत्मीएताले  कुनै सम्झना वल्झिन्छ की नाईं ?   कर्लीकर्ली कपाल

मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तक छानिए

  • २२ श्रावण, २०७७

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार गुठी २०७६’ का लागि ७ पुस्तक छानिएका छन् । जसमा विमल निभाको कवितासंग्रह ‘जोकरको बन्दुक’, तीर्थ

प्रेमको भिक्षा

  • २७ असार, २०७७

..... जिन्दगी सुस्केरा हाल्दै  कहिले उकाली त कहिले ओराली गरिरहेछ बोक्न नसक्ने एउटा विचारको भारी बिसाउने यहाँ चौतारी खोजिरहेछ किन किन आजकल मन पनि भारि