• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

यसकारण कोरोना संक्रमण पत्ता लगाउन पिसीआर विधी भरपर्दो छ 

आरटी–पिसीआरले नमुनामा भाइरसको अनुवंशिकको स्वरुप खोज्दछ । सेरोलोजिकल टेस्टले भने शरीरले भाइरसविरुद्ध उत्पादन गरेको प्रोटिन (एन्टिवडी) रगतमा छ वा छैन भन्ने कुराको जाँच गर्दछ ।

काठमाडौं । पछिल्लो समय कोरोनो भाइरस (कोभिड–१९) परीक्षण विधिको टेस्टहरुका बारेमा विवाद उत्पन्न भएका छन् । कहिले यसको मूल्यको विषय त कहिले किट प्रयोगका बारेमा विभिन्न प्रयोगहरुको चर्चा भएका छन् ।

सार्स–कोभ–२ अर्थात्, कोरोना भाइरस परीक्षण गर्ने विशेषगरीः ‘सेरोलोजिस्ट टेस्ट’ र ‘आरटी–पिसीआर टेस्ट’ गरी दुई प्रकारका टेस्टहरु रहेको बताउँछन् बायोकेमेस्ट्रि रिसर्चर प्रल्लव कार्की ।

त्यसमध्ये सेरोलोजिस्ट टेस्ट अन्र्तगत, रगतमा (एन्टिवडीज)प्रोटिनको मात्रा परीक्षण गरिन्छ, भने आरटी पिसीआरको माध्यमबाट कोरोना भाइरसको अनुवंशिक सामग्री आरएनए (RNA)को उपस्थित शरीरमा भए वा नभएको अवस्थाको परीक्षण गरिने उनी बताउँछन् ।

कार्कीसँग आरटी–पिसीआर टेस्टको बारेमा भएको कुराकानीको सम्पादित अंश,

सेरोलोजीकल टेस्टः
के हो सेरोलोजीकल टेस्ट ?

छिटो–छरितो रुपमा कोरोना परीक्षण गर्ने एक माध्यम हो, सरोलोजीकल टेस्ट । यस परीक्षण अन्र्तगत व्यक्तिको शरीरमा ‘एन्टिवडी’ को अस्तित्व रहे वा नरहेको जाँच गरिन्छ । जब, हाम्रो शरीर ब्याक्टेरिया, फङ्गी तथा भाइरसजस्ता बाहिरी अग्र्यानिजमबाट संक्रमित हुन्छ, तब यसले शरीरमा एन्टिवडीजको उत्पादन गर्छ । ‘एन्टिवडी’ एक प्रकारको प्रोटिन हो । यसले शरीरको प्रतिरक्षा प्रणालीमा मद्दत गर्दछ । त्यसको मात्रा थाहा पाउन सेरोजीकल परीक्षण गर्छौं । 

हाम्रो शरीरले कस्तो खालको ‘एन्टिवडी’ उत्पादन गर्छ ?
यदी कुनै पनि व्यक्ति सार्स–कोभ–२ बाट संक्रमित भएको खण्डमा शरीरले यसको विरुद्ध एन्टिवडी उत्पादन गर्छ । एफडिए - FDA_ले जनाए अनुसार, हाम्रो शरीरले ‘आईजिएम’ (IgM_ तथा ‘आईजिजि’(Igg) गरी दुई प्रकारको एन्टिवडी उत्पादन गर्दछ । इम्युग्लोबिन (IgM)शरीरको इम्युनिटी पावर(प्रतिरक्षा प्रणाली)ले उत्पादन गर्ने पहिलो किसिमको एन्टिवडी हो ।

व्यक्ति शुरुवातीमा जब भाइरसको सम्पर्कमा आउँछ, त्यस समयमा शरीरले यस एन्टिवडीको उत्पादन गर्छ । यस्तै इम्युनिग्लोबोलिन ‘जी’(IgG)एन्टिवडी, भाइरल संक्रमणबाट बचाउँन शरीरले उत्पादन गर्ने अर्काे एन्टिवडी हो । अन्ततः यी दुई एन्टिवडी शरीरमा उत्पादन हुने विशिष्ट प्रकारका एन्टिवडी हुन् । 

परीक्षणको निम्ति आवश्यक स्याम्पल (नमुना) शरीरबाट कसरी संकलन गरिन्छ ?
यस स्याम्पल परीक्षणको निम्ति प्रायजसोः रगतको जाँच गरिन्छ । यसको निम्ति एक सुईको माध्यमबाट औंलाको टुप्पोमा घोपी थोरै मात्रामा रगत लिइन्छ । लिइएको उक्त रगत किटमा प्रयोग गरी शरीरमा भाइरसविरुद्ध शरीरमा एन्टिवडी भए÷ नभएको जाँच गरिन्छ । 

किटले कसरी काम गर्छ ? 
स्याम्पलका लागि राखिएका रगत तथा बफर किटमा समावेश भएको हुन्छ । यसबाहेक, अन्त्यमा किटमा छुट्टा–छुट्टै तीन लाइन(रेखा) अथवा ‘स्ट्रिप’ देखा पर्दछ । जब रगत स्याम्पलमा प्रवेश गर्दछ । तब, यो अर्काे छेउतिर बग्दै लाइनमा इम्बेड गरिएको केमिकलहरुसँग अन्र्तक्रिया गर्दछ । किटमा भएको तीन धर्कामध्ये पहिले धर्काले रगतमा आइजीजीको उपस्थितको परीक्षण गर्दछ । जबकि दोस्रोले धर्काले भने रगतमा भएको आइजिएमको पत्ता लगाउँछ । यसमध्ये तेस्रो धर्का भने एक नियन्त्रण रेखा हो । 

हाम्रो शरीरले कोरोना भाइरसविरुद्ध आइजिजि उत्पादन गरेमा आइजिएम धर्का चम्किलो रंगमा परिवर्तन हुन्छ , यसै मार्फत् हामीले व्यक्ति कोरोना संक्रमित भएको संकेत प्राप्त गर्छाैं । यसरी आइजिएमको धर्काले दिएको संकेतको अर्थ बिरामी भर्खरै मात्र भाइरसबाट संक्रमित भएको भन्ने बुझिन्छ । यसैगरि यदीआइजिजिको धर्काले केही संकेत दिएमा भने बिरामी कोरोना भाइरस संक्रमणको अन्तिम स्टेजमा छ भन्ने बुझिन्छ । तर यी बाहेक तेस्रो अर्थात् नियन्त्रण धर्काको संकेतले भने व्यक्तिमा भाइरसको संक्रमण छैन भन्ने जनाउँछ ।

यस परीक्षण असाइम्टोमेटिक (लक्षण नदेखिएका) बिरामीमा पनि परीक्षण गर्नको निम्ति प्रयोग गरिन्छ ।

उक्त किटले सार्स–कोभ–२ बाहेक अन्य भाइरस परीक्षण गर्न मिल्छ त ? 
यस विषयमा हामीले सबैभन्दा पहिले के बुझ्नुपर्छ भने, किटमा भएको रसायन रगतमा गई आइजिएम तथा आइजिजि एन्टिवडीसँग अन्तक्रिया गर्दछ । तसर्थ यो सार्स–कोभ–२ को निम्ति मात्रै यो उपयोगी रहन्छ । अर्थात्, अर्काे शब्दमा भन्नुपर्दा, यसको माध्यमबाट सार्स–को–२ को मात्रै परीक्षण गर्न मिल्छ । 

यो टेस्टको निम्ति कति समय लाग्छ ?
रगत तथा बफर मिलाएपछि करिब १० देखि १५ मिनेटभित्र नै यस टेस्ट सम्पन्न हुन्छ । 

कत्तिको विश्वसनीय छ त यो परीक्षण ? 
किटको विविध प्रकारसँगै यसको गुणस्तरता पनि फरक हुने भएकोले यस प्रश्नको सही उत्तर दिन कठिन छ । यसर्थ यो यसको उत्पादन तथा गुणस्तरमा भर पर्दछ ।

आरटी–पिसीआर तथा सेरोलोजिकल(एन्टिवडी टेस्ट) एउटै हो त ?
होइन यी दबै भिन्न–भिन्न परीक्षणहरु हुन् । आरटी–पिसीआरले नमुनामा भाइरसको अनुवंशिकको स्वरुप खोज्दछ । सेरोलोजिकल टेस्टले भने शरीरले भाइरसविरुद्ध उत्पादन गरेको प्रोटिन (एन्टिवडी) रगतमा छ वा छैन भन्ने कुराको जाँच गर्दछ । 

स्याम्पलको लागि आरटी–पिसीआर कसरी संकलन गरिन्छ ? 
स्वाब(कपासको बड)मार्फत् सकास्पद बिरामीको घाँटी पछाडिबाट परीक्षणको निम्ति आवश्यक स्वाब लिइन्छ । यो स्याम्पल बिरामीको शरीरमा सार्स–कोभ–२ (कोभिड–१९) को अस्तित्व छ वा छैन भन्ने कुराको परीक्षण गर्न प्रयोग गरिन्छ । 

आरटी–पिसीआरले के जाँच गर्छ ?
अस्तित्वमा रहेको अग्र्यानिजममा डिएनए तथा आरएनए गरी दुई प्रकारको अनुवंशिक तत्वहरु रहेका हुन्छन् । कोरोना भाइरस आरएनए भाइरस हो भने मानवीय शरीरमा डिएनए रहेको हुन्छ । आरटी–पिसीआरले भाइरसमा विशिष्ट प्रकारको अनुवंशिक तत्वको जाँच गर्छ । यदीस्याम्पलमा अनुवंशिक तत्वको अस्तित्व रहेको देखिएमा व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिन्छ । 

आरटी पिसीआर भनेको के हो ?
पिसीआर भनेको पोलिमिरेस चेनको रियाक्शन हो । यो प्रयोगशाला टेक्निक हो । जसको माध्यमबाट डिएनको को प्रवर्धन (संख्या र वृद्धि मात्रा) मा मद्दत पु¥याउँछ । यस प्रक्रियाले साना संख्यामा रहेको डिएनएलाई ठुलो संख्यामा परिणत गर्दछ । 

आरटीले भने आरएनए तथा डिएनएमा परिणत हुने जैविक इन्जायम ट्रान्सकृप्टेजलाई रिजर्भ गर्दछ । हामीले सम्झनै पर्नै कुरा के हो भने आरएन ए भनेको सार्स–कोभ–२ अर्थात्, कोभिड–१९ हो ।  यसरी यी दुई टेक्निक्सका सहायताद्वारा स्वास्थ्यकर्मीहरुले नमुनामा भाइरसको पत्ता लगाउँछ । 

आरटी–पिसीआरका प्रकृया के के हुन् त ?
सर्वप्रथम त घाँटीको पछिल्लो भागबाट बिरामीको स्याम्पल बड मार्फत् संकलन भाइरसको अनुवंशिक सामग्री स्याम्पलबाट निकालिन्छ । तत्पश्चात् भने आरएनएलाई डिएनएमा परिणत गराई आरटी–पिसीआरले आफ्नो प्रतिकृया देखाउन थाल्छ (यस अन्र्तगत यी बाहेक अन्य अभिकर्महरु समेत प्रयोग भएका हुन्छन् । जुन यस लेखमा उल्लेख गरिएको छैन ।)

प्राथमिक चरणबाट(केही डिएनए) प्रयोग भाइरसको विशिष्ट अनुवंशिक भाग समेत पत्ता लाग्दछ । यस प्राथमिक चरण विशेषगरी सार्स–कोभ–२ भाइरसका विभिन्न खण्डहरुलाई एकीकृत गर्नका लागि प्रयोग गरिएको हुन्छ । यसले अन्य डिएनएलाई भने बढाउँदैन । 

यसै अभिक्रेन्टसँगको प्रतिक्रिया मार्फत् फ्लोरिसेन्ट डाई(प्रकाश छर्न थाल्नु) छाउँछ । यदीप्राइमरले भाइरसको डिएनएलाई बढाउन थालेमा डाईले प्रकाश छर्न थाल्दछ । यस्तो प्रकाशलाई हामीले मापन अथवा रेकर्ड पनि गर्न सकिन्छ । तसर्थ यदीस्याम्पलमा सार्स, कोभ–२ को अस्तित्व रहेमा चम्किलो प्रकाशले भाइरल अनुवंशिक तत्वको सहभागि रहेको संकेत दिन्छ । जसले भाईरसको संक्रमण भएको निश्चित गराउँछ । यसैलाई हामीले पोजेटिभ भन्छौं । 

एउटा विरामीको स्वाव परीक्षणको  रिर्पोट निस्कन कति समय लाग्छ ? 
यसले लगाउने समय प्रयोगशाला अनुरुप फरक–फरक हुने गर्छ । अन्यथाः केही घण्टाको अन्तरालमा नै यसले आफ्नो नतिजा प्रकाशित गर्दछ । 

कत्तिको विश्वसनीय हुन्छ त ? 

यदी सबै प्रोटोकल उचित तरिकाबाट अनुशरण गरिएका छन् भने यो कोभिड–१९ परीक्षणको निम्ति सबैभन्दा उचित टेस्ट हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर