• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रेमिका गएपछि हिंस्रक बनको गधाको धुमधाम बिहे

एजेन्सी । भ्यागुताको विहे गरिदिएको बारेमा सुन्नु भएको होला, तर गधाको बिहे गरिदिएको सुन्नु भएको छ कहिल्यै ? भारतको कर्नाटकको हुरी गाउँमा एक अनौठो विवाह देख्नमा आयो, जसमा दुलही लजाउने होइन, लात चलाइरहेकी थिइन् । यद्यपी, टाढाको गाउ्रँबाट आएकी दुलही(गधही) केही डराईरहेकी भने थिइन् । 

उता चार वर्षको दुलहाको हिंस्रक बानीका कारण बिहेमा उपस्थित पाहुना चिन्तित थिए । गाउँलेहरुले पनि दुलहा(गधा)को विहे पनि यही आशाले गरिदिँदै थिए, शायद विहेपछि उसले रिसाउन छोड्छ ।

हुरा गाउँमा एक्लो यस गधाले साथी पाएको छ । उत्साहित गाउँलेहरुले पूजारी बोलाएरै पुरै विधि–विधानका साथ गधाको विहे गरिदिए । गधा र उसको साथीलाई नयाँ कपडा र मंगलसुत्र लगायतका लगाइदिएका थिए । यस मौकामा कोहीले मिठाई पनि बाँडे । 

हालै मात्रै यस गधाको आक्रामक व्यवहार सुरु भएको थियो । पहिले गधासँग एक पोथी गधा थिइन्, त्यस समय गधाको व्यवहार समान्य नै थियो । 

यसै वर्ष एक चितुवाले पाथी गधालाई मारिदियो, त्यसपछि गधाको आक्राम व्यवहार सुरु भएको थियो । गाउँलेहरुले चमराजनगरबाट उसका लागि एक साथी खोजी निकाले । 

गधाको साथी ल्याउन गाउँलेहरुले पहिलेबाट नै रकम संकलन गर्न थालेका थिए । तर, गधहीको मालिकले बिना मूल्य नै दिन मञ्जुर भए । त्यसपछि, संकिलित रकमले गधाको विवाह समारोह गर्ने सोच गाउँलेहरुले बनाए । गाउँलेहरुले दुवै जनवारका लागि कपडाको बन्दोवस्त गरे र पुजारी बोलाएर विवाह गरिदिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर