धनगढी उप–महानगरपालिको नीति ,कार्यक्रम तथा बजेट नगरसभाबाट पारित

धनगढी । धनगढी उपमहानगरपालिकाले ल्याएको नीति , कार्यक्रम तथा बजेट बुधवार बसेको पाँचौं नगरसभाले पारित गरेको छ ।

उप–महानगरले आर्थिक बर्ष २०७७÷०७८ का लागि १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट नगर सभामा पेश गरेको थियो ।

धनगढी स्थित ओम प्यालेसमा आयोजित पाँचौं नगर सभामा उप–महानगरपालिकाकी उपप्रमुख शुसिला मिश्र भट्टले उपमहानगरको आगामी बर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ८५ करोड र पूजीगत खर्च तर्फ ७८ करोड ८२ लाख रहेको छ ।

बजेटमा आय तर्फ आन्तरीक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, बित्तिय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ । नगरसभामा १ अर्व ४८ करोड ४ लाख ४८ हजारको बजेट पेश गरेकी हुन । जसमध्य चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपियाँ ३८ पैशा रहेको छ । पुँजीगत तर्फ ८१ करोड, ६८ लाख ५ हजार ८ सय ३३ रुपियाँ ६२ पैशा रहेको छ ।

बजेटले कोभिड १९ बाट सिर्जित संकट ब्यबस्थापनलाई प्राथमिकतामा राखेको छ । कोभिड लगायत स्वास्थ्य क्षेत्रका लागि मात्रै ५ करोडको हाराहारीमा बजेट विनियोजन गरेको छ । त्यसैगरी पूर्वाधार विकास, कृषीमा आधुनिकीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधी तथा संचार विकास, उद्यम तथा सहकारी विकास, मानव संशाधन सामाजिक विकास, पर्यटन प्रवद्र्धन, क्वारेन्टाईन ब्यबस्थापन, बिदेशबाट फर्किएका यूवाहरुका लागि उद्यमशिलता जस्ता कुराहरु कार्यक्रम तथा बजेटले प्राथमिकतामा राखेको छ ।

नगरसभामा पेश भएको बजेट नीति तथा कार्यक्रम माथी नगरसभा सदस्यहरुले छलफल गरेका थिए । नगरसभाका सदस्यहरुले नीति , कार्यक्रम तथा बजेटका बारेमा राखेका जिज्ञासाहरुको नगरप्रमुख नृपबहादुर वडले जवाफ दिएका थिए । नगरप्रमुख वडले नीति, कार्यक्रम र बजेट माथी निकै राम्रो छलफल भएको बताए । उनले भने, आएका सुझावहरुलाई अंगिकार गरिने बताए । नगरसभा सदस्यहरुलाई लेखेरपनि सुझाव दिन भनेका छौं, नगरप्रमुख वडले भने, आएका सुझावहरुलाई समेट्ने छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर