विदेशबाट फर्किएका श्रमिकको अभिलेख राख्न जिफन्ट नेता गौतमको अनुरोध
बुटवल । जिफन्टका राष्ट्रिय उपाध्यक्ष कमल गौतमले बिदेश बाट फर्किएका सबै श्रमिकको अभिलेख राख्न अनुरोध गरेका छन् । विदेशमा रहदा के काम गरेका थिए, के के सीप उनीहरुसग छ, सो को अभिलेख सबै पालिकाहरुलाई राख्न उनले अनुरोध गरेका छन् ।
हजाराैँको सख्यामा बैदेशिक रोजगारीबाट श्रमिक फर्केको र फर्कने क्रम जारिरहेको भन्दै गौतमले पालिकाहरुले आफ्नो पालिका भित्र निजहरुले जानेको काम खपत गर्न रोजगारदातासङ्ग सहकार्य गर्नुपर्ने कुरामा समेत जोड दिएका छन् ।
जिफन्ट नेता गौतमले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन, ‘स्थानिय पालिकाहरुमा रहेका रोजगारदाताहरुबाट कस्तो रोजगारी खपतहुन सक्छ सो अनुसारको शिपमुलक तालिम दिन सबन्धित पलिका लाग्नु पर्ने अहिलेको आवश्यकता भएको छ । आफूलाई श्रमजिवी बर्गको प्रतिनिधि ठानेर मात्र हुदैन पालिकाले बजेट ल्याउदा यदि श्रमजीवीको चेहरामा खुशी दिलाउन सकेनन भने श्रमिकहरुले आफ्नो सरकार महशुस गर्न सक्दैनन ।’
उनले हाल सम्म कुनै पनि पालिकाले श्रमिकको पक्षमा बजेट ल्याउन नसकेको भन्दै पालिकाको ध्यान जान जरुरी रहेको बताएका छन् । पालिकाहरुले आफ्नै पहलमा स्थानिय क्षेत्रमा खपत हुने सिप मुलक तालिम अनिवार्य सञ्चालन गर्नुपर्ने उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ लक्ष्य अनुरुप सञ्चालन नगरेको भन्दै कार्यक्रमको लक्ष्य बुझेर सञ्चालन गर्न आग्रह गरेका छन् ।
नेपालको काम नेपालीलाई भन्ने मर्मलाइ आत्मसाथ गर्दै काम आफैँमा ठूलो हुदा श्रमिक साथिहरुले पाएको काम गर्न तयार हुनुपर्नेमा जिफन्ट नेता गौतमले जोड दिएका छन । त्यस्तै रोजगारदाताले पनि राज्यले तोकेको न्युनतम मापदण्ड कार्येन्वयन गर्दै नेपाली श्रमिकलाइ नै प्राथमिकता दिनुपर्नेमा उनले विशेष जोड दिएका छन् । पालिका, रोजगारदाता र ट्रेड युनियन वीच सहकार्यको लागि पालिकाले एउटा समयन्त्र बनाउनु पर्ने श्रमिकको पञ्जिकरण गर्दा पालिकाले समाजिक सुरक्षा कोषमा जान सहज गराउन प्रत्येक श्रमिकको बैक खाता र पान नम्बर उपलब्ध गराउन पनि उनले अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस