दैलेखका क्वारेन्टिनमा खटिएका ३३ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

सुर्खेत । दैलेखमा रहेका क्वारेन्टाइनमा खटिएका ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वारेन्टिइनमा सुरक्षार्थ खटिएका ३३ सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टिन सुरक्षार्थ खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ४ जना नेपाली सेना, २० जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी गरी हालसम्म ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए ।

फोकल पर्सन रेग्मीका अनुसार संक्रमित सुरक्षाकर्मीको कार्यालय भित्रै आइसोलेसन कक्ष निर्माण गरी उपचार भइरहेको छ ।

सुरक्षाकर्मीसँगै क्यारेन्टाइनमा प्रत्यक्ष जोडिएका १० जना स्वास्थ्यकर्मी र कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।
दैलेखमा बिहीबारसम्म ७ सय ६० जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर