• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

यस्तो देखियो धान दिवसमा रोपाईंकाे रौनक [फोटोफिचर]

पाल्पा । आज असार पन्ध्र अर्थात १६ औं राष्ट्रिय धान दिवस । ‘मानो रोपेर, मुरी फलाउने दिन’ फलाउने दिनको रुपमा नेपालभर धान दिवस मनाउँदै आइएको छ । 

यो वर्ष भने चाँडै मनसुन सुरु भएसँगै अधिकांश फाँटहरुमा धान रोपाईं सम्पन्न भइसकेको छ । पहाडी जिल्ला पाल्पामा विगतका वार्षहरुमा असार पन्ध्रबाट मात्रै धान रोपाई गर्न सुरुवात गरिने भएपनि यसवर्ष अधिकांश फाँटहरुमा रोपाई सम्पन्न भईसकेको छ । 

यसवर्ष छिटो मनसुन सक्रिय भएका कारण जिल्लाका अधिंकाश फाँटहरुमा धान रोप्न सहज भएको किसानहरुको भनाई छ ।

किसानहरुले मानो रोपेर मुरी फलाउने महिनाका रुपमा असार महिनालाई मान्दै आएको हुँदा पनि अन्य खेतीबाली नलगाउने किसानले पनि असारे गीत गाउँदै रमाउदै रोपाई गर्न मन पाउने गरेका छन ।

जारी लकडाउनका कारण रोजगारी गुमेका पुरुषहरुले समेत महिलाहरुसंगै धान रोप्न व्यस्त भएको माडी फाटँमा धान रोप्न व्यस्त किसान इन्द्र बहादर कुमालले बताए ।

पाल्पाको मुख्य अन्नबालीका रुपमा धान बाली रहेको छ  । जिल्लाको माडी, अर्गली, रामपुर, पुर्वखोला, कचल लगायतका फाँटहरु धानखेतीका लागि उपयुक्त क्षेत्रमा रुपमा लिइन्छ । यस वर्ष सिचाईका सुविधा पुगेका फाँटहरुमा करिव ७० प्रतिशन धान रोपाई सम्पन्न भएपनि टाँरी खेत र मकै लगायतका अन्य बाली भित्राउन बाकी रहेका क्षेत्रमा भने रोपाई सुरु हुन बाकी रहेको कृषी ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाभरमा कूल ९ हजार हेक्टरबढी  क्षेत्रफलमा धानबालीको खेती हुने गरेक कृषी ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए । विगतका वर्षमा भन्दा यसवर्ष मौसम अनुकुल रहेको हुदाँ धान उत्पादनमा समेत वृद्धि हुने अनुमान रहेको अर्यालले बताए । समयमा धान रोप्न पाएका किसामहरुले पनि यस वर्ष उत्पादनमा वृद्धी हुने आशा रहेको बताएका छन ।

सबै तस्बिरहरू : कमल अधिकारी, पाल्पा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर