• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतमा टिकटकसहित अन्य ५९ चिनियाँ एप्स प्रतिबन्ध !

एजेन्सी । भारतले सर्वाधिक लोकप्रिय चिनियाँ एप टिकटक र युसीब्राउजरसहित ५९ चिनियाँ एप्सलाई सोमबारबाट प्रतिबन्ध गरेको छ । 

गएको १५ जुनमा सीमावर्ती क्षेत्र लद्दाखको गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु हुनका साथै ७० जना घाइते भएका थिए । त्यस घटनापछि भारतले विभिन्न चिनियाँ सामानमा प्रतिबन्ध लगाउँदै चीनविरुद्ध आर्थिक प्रतिक्रिया दिन सुरु गरेको छ । 

यद्यपि, यी एप्स ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतको विद्युतीय तथा सूचना र प्रविधि मन्त्रालयद्धारा जारी बयानमा गृहमन्त्रालय र भारतीय साइबर अपराध समन्वय केन्द्रबाट ‘विस्तृत सिफारिश’मा यो कदम ठाइएको बताइएको छ । मन्त्रालयले केही एप्समा प्रयोगकर्ताको डाटा सुरक्षा र गोपनीयताको जोखिमका कारण प्रतिबन्ध लगाइएको बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर