कर्णाली : लकडाउनकै बिचमा ९१ जनाले गरे आत्महत्या [विवरणसहित]

सुर्खेत । लकडाउनको अवधिमा  कर्णाली प्रदेशमा आत्महत्या घटनाहरु भयावह बन्दै गएको छन् । सरकारले कोरोनाको कारण चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेपछि त्यसयता कर्णालीमा ९१ जनाले आत्महत्या गरेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतका ३८ जना, दैलेखका १५ जना, रुकुमका १० जना, सल्यानका २४ जना, जुम्लाका ३ जना र डोल्पाका १ जनाले आत्महत्या गरेका छन् । 

लकडाउनकै बीचमा पनि क्वारेन्टाइनबाट फर्किएकाले आत्महत्या गरेका छन् । कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले डोल्पामा भने लकडाउनको समयमा कसैले पनि आत्महत्या नगरेको बताए । मानसिकरुपमा चिन्ता, गरिबी, अशिक्षा, घरेलुहिंसा, दीर्घरोग लाग्नु, पारिवारिक झगडा, काममा सफलता नपाउनु जस्ता कारणले आत्महत्याका घटना हुने गरेका उनको भनाइ छ ।

२०७६ साउन १ गते देखि चैत १० गतेसम्म कर्णालीका ८ जिल्लाका १ सय ५९ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयले साउनदेखि राखेको तथ्याङ्कमा सुर्खेतका ७८ जना, दैलेखका १९ जना, जाजरकोट र जुम्लाका ६–६ जना, रुकुमपश्चिमका ११ जना, सल्यानका ३३ जना, हुम्लाका २ जना र कालिकोटका ४ जनाले आत्महत्या गरेका छन् । यो तथ्याङ्क हेर्दा सबैभन्दा बढी सुर्खेतमा आत्महत्याका घटना हुने गरेका छन् । चैत १० गतेसम्म डोल्पा र मुगुमा आत्महत्या गर्ने मानिसको संख्या शून्य छ ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विषशेज्ञ डाक्टर सुशिल समदर्शीका अनुसार आत्मा हत्याका कारणहरु अशिक्षा, गरिबी, बेरोजगारीको तनावले हुने गरेका छन् ।  यी सबै मानसिक तनावका कारण तथा कोही चेतनाको अभावका कारण आत्महत्या गर्ने  गरेको भेटिएको उनले समाचार दैनिकलाई बताए । सबैभन्दा पहिले मानिस सचेत प्राणी आफैं मर्नु हुँदैन भन्नेबारे सचेत हुनु पर्ने उनको तर्क छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर