घरभाडा छुटका लागि सामुहिक पहलमा जोड

बुटवल । लकडाउन अवधीको घरभाडा छुट वा मिनाहाका लागि सामुहिक पहल गर्नु पर्ने कुरामा जोड दिइएको छ । 

रुपन्देही व्यापार संघको आयोजनामा बुधवार बुटवलमा भएको छलफलमा कोरोना संक्रमणका कारण गरिएको लकडाउनबाट व्यापार व्यवसाय ठप्प रहेको र सन्त्रासको बातावारण नहटेको अवस्थामा सरकारी, संघसंस्था तथा व्यक्तिका घरहरु भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुले लामो समयदेखि व्यवसाय गर्न नसकेको कारण आर्थिक क्षमता र अवस्था हेरेर घरभाडा छुट वा मिनाहाका लागि सबैले पहल गर्नु पर्ने कुरामा जोड दिइएको छ । 

कार्यक्रममा सहभागि विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले संस्थागत रुपमा सञ्चालनमा रहेका भवन तथा सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई आपसी समझदारीमा छुटको प्रक्रिया अगाडी बढाएको जानकारी गराउदै नीजि घरमा व्यवसाय गर्नेहरुको हकमा घरभाडा छुट गर्ने विषय समस्याका रुपा दखिएको गुनासो गरिएको थियो । 

कार्यक्रममा सम्पूर्ण नागरिकले सन्त्रासको समयमा एकजुट भएर लड्नुपर्ने र आफ्नो ठाँउबाट मानवताका हिसाबले एक अर्का प्रति गम्भिर रुपमा प्रस्तुत हुनु पर्ने सुझाव दिइयो । 

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले कोरोनाका कारण ठप्प बनेको अर्थतन्त्रलाई चलायमान बनाउन बन्द समयको घरभाडामा छुट दिन सकेमा आर्थिक गतिविधिलाई सार्थक तुल्याउनको लागि मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले बैंक तथा वित्तिय संस्थाहरुले समेत ऋणीहरुसँग लिने ब्याज तथा ऋण उठाउन अहिलेको विपत्तिको अवस्थामा दवाव नदिन आग्रह गरे । 

संघका निर्वतमान अध्यक्ष पदमप्रसाद श्रेष्ठले लकडाउनका कारण ब्यवसायीहरु मर्कामा परेको भन्दै ब्यवसायीहरुका माग र दुःखप्रति सरोकारवाला गम्भिर बन्नुपर्ने बताए । 

पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.का अध्यक्ष दधि खरेलले घरभाडाको विषयलाई घरधनी र बहालवालालाई आतंकीत बनाउने गरि अगाडी सार्नु भन्दा दुबैतर्फको समस्याको पहिचान गरि त्यसको उचित निकास निकाल्नु उचित हुने धारणा राखे । नेपाल औषधि व्यवसायी संघ, रुपन्देही शाखा अध्यक्ष सुरज भट्टराईले कोरोनाको सन्त्रासका कारण नेपालमा साना मात्र होइन ठूला व्यवसायी समेत बिस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गदै भने,– ‘अहिले राज्य तथा स्थानिय निकायले सहज ढंगले व्यवसाय गर्ने बातावरण निमार्ण गर्नुपर्छ । र, घर भाडा समस्यालाई पनि हल गर्नुपर्छ ।

कार्यक्रममा कार्यक्रम संयोजक संघका द्वितिय उपाध्यक्ष प्रकाश ढकाल, कान्ति उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, उजिरहिं माविका अध्यक्ष छवी नेपाल, बुटवल जेसिसका अध्यक्ष राजिव गौतम, नविन औद्योगिक माविका अध्यक्ष कृष्ण खरेल लगायत कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आर्चायले कोरोनाले निम्त्याएको समस्या र त्यसले पारिरहेको प्रभावप्रति आफुहरु निकै गम्भिर रहेको बताउदै नगरपालिकाकातर्फबाट सम्पन्न नगरपरिषदले नया कर छुट तथा अन्य राहातका प्याकेज पारित गरेको जानकारी गराइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर