ईनरुवाबाट लागू औषधसहित दुईजना पक्राउ
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
बिहिबार बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाईलेक्स डिसी–१० बोतल र स्पास्मो प्रोक्सिभन–११४ क्याप्सुल फेला पारी बरामद गरिएको हो ।
विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस