प्रधानमन्त्री ओलीको पक्षमा आज गृह नगर झापामा प्रदर्शन हुँदै

झापा  ।  प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले आज प्रदर्शन गर्ने भएका छन ।

झापाको विर्तामोडस्थित मुक्ति चोकमा आज अपरान्ह ३ बजेपछि प्रदर्शन गर्न लागिएको नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् । 

सत्तारुढ पार्टी सम्बद्ध भातृ संस्थाका युवाहरू प्रदर्शन निस्किने बताइएको छ । उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चुनाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई जबरजस्ती राजीनामा गर्न लगाउने षड्यन्त्रको भण्डाफोर गर्न ओली जिताउन खटिएका युवा प्रदर्शनमा उत्रने श्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर